
|
|
मोरङमा एक वर्षभित्रमा ९३ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । जिल्ला एड्स समन्वय समिति मोरङका संयोजक झमक भट्टराईका अनुसार यौनकर्मीको असुरक्षित यौन सम्पर्कबाट सर्ने दर बढी देखिएका छन् । त्रियानब्बे जनामध्ये २४ जनालाई शारीरिक सम्पर्कबाट सङ्क्रमण भएको खुल्न आएको छ । जिल्ला एड्स समन्वय समिति, मोरङको तथ्याङ्कअनुसार २६ गृहिणी र नौजना बालबालिका यो रोगबाट ग्रसित छन् । विसं २०४७ यता जिल्लामा एक हजार ३३९ जनामा रोगको सङ्क्रमण देखिएको छ ।
गत वर्षमात्रै मोरङमा एचआइभी एड्सका कारणले नौजनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । मोरङका प्रमुख सहरी क्षेत्रका होटलमा गरिएका असुरक्षित यौन सम्पर्कबाट एचआइभीको सङ्क्रमण सरेको संयोजक भट्टराईको भनाइ छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |
