
|
|
दक्षिणी ब्राजिलमा एक चमत्कारिक घटना बाहिर आएको छ । त्यहाँको करीब डेढ वर्षको एक बालकले एउटा विषालु सर्पलाई आफ्नो मुखभित्र हाल्यो । विषालु सर्पलाई मुखमा हालेर दाँतले टोकिरहँदा सम्म पनि उक्त बच्चा सकुशल रह्यो अर्थात् सर्पको डसाइमा परेन ।
ब्राजिलको मोस्टार्डस् सहरस्थित आफ्नो घर बाहिर खेलिरहेको उक्त बच्चाले अकस्मात एउटा विषालु सर्प समातेछ । उसकी आमा जेन फरेराका अनुसार जब उनी छोरालाई खोज्न घर बाहिर आइन् तब उनले छोराको मुखमा एउटा सर्प कोचिएको र सर्प छटपटाइरहेकेा देखिन् ।
स्थानीय रेडियो गौचालाई उनले बताए अनुसार बच्चाले सर्पलाई टोकेर राखेको थियो, ता की त्यो सर्प फुत्केर आक्रमण गर्न नपाओस् ।
आमा डराइन् । तुरुन्तै छिमेकीको सहयोग मागेर छोरालाई अस्पताल लगिन् । परीक्षणका क्रममा बच्चाको सरीरमा सर्पको आक्रमणको कुनै घाउचोट तथा विषको संकेत पाइएन ।
बच्चाले जुन सर्पलाई मुखभित्र हालेको थियो, उक्त सर्प दक्षिण अमेरिकामा पाइने बोथ्राप्स प्रजातिको सर्प थियो । यो विषालु सर्पले डसेको खण्डमा यदि उपचार भएन भने मानिसको मृत्यु हुने सम्भावना ७० प्रतिशत हुन्छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

