
|
|
बझाङ-चौधारी गाविसका ५५ वर्षीय धनबहादुर विष्टले यौनसम्पर्कका लागि चार लाख दिएको तमसुक बनाएर १४ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।
जेठाबुबा नाता पर्ने उनले ६ कक्षामा पढ्ने भैरवनाथ गाविसकी बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धनबहादुरले मंगलबार राति १ बजेतिर पीडित बालिका भाउजूसँग सुतिरहेका वेला उनकै घरमा आई पैसा फिर्ता गर्नुपर्ने काम छ भनेर बाहिर बोलाएका थिए ।
‘रक्सी खाएर ढोकामा बेस्सरी ढकढक गर्यो । के काम छ भनेर भाउजूले भन्दा त्यसको पैसा फिर्ता गर्नुपर्नेछ भनेर भन्यो,’ पीडित बालिकाले भनिन्, भोलि आउनु भन्दा पनि अहिले नै दिन्छु भनेर हल्ला गर्न थालेपछि भाउजूले ढोका खोल्नुभयो ।’ आफू बाहिर आएपछि नजिकै रहेको अर्काे घरमा सुतेकी आमाको अगाडि पैसा दिन्छु भनेर लगेको उनले बताइन् ।
तर, केही अगाडि बढेपछि मुख थुनेर नजिकै रहेको खेतमा लगेर बलात्कार गरेको बालिकाको भनाइ छ । धनबहादुरले भने तीन वर्षदेखि आफूहरूको प्रेम सम्बन्ध रहेको र सो दिन पनि बालिकाले नै आफूलाई यौन सम्बन्ध राख्नका लागि बोलाएको बताएका छन् । यौन सम्बन्ध राखेबापत आफूले चार लाख दिइसकेको पनि उनले बताए ।
उनले बालिकाको नाममा चार लाख दिएको तमसुकसमेत देखाएका छन्। तमसुकमा असोज ०७१ देखि विष्टसँग आफ्नो सुमधुर प्रेम रहेको र यसबीचमा विष्टबाट पालनपोषण खर्चबापत चार लाख लिइसकेको व्यहोरा उल्लेख गरिएको छ । आगामी दिनमा पनि महिनावारी तलबस्वरूप मासिक १० हजारका दरले विष्टबाट लिने उल्लेख गरिएको छ ।
पीडित बालिकाले सो कागजबारे आफूलाई केही थाहा नभएको र कागजमा आफूले हस्ताक्षरसमेत नगरेको बताएकी छन् । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

