Home » » यसरि भयो रौतहटमा झडप, प्रतक्ष्य भिडियो

यसरि भयो रौतहटमा झडप, प्रतक्ष्य भिडियो

रौतहट सदरमुकाम गौरमा भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। लगतै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

शनिबार दिउँसोदेखि नै तनावग्रस्त रहेको गैरमा आइतबार पनि विभिन्न चोकमा झडप भएको थियो। बीपी चोकमा भएको झडपका प्रहरीले गोली चलाएको थियो। गोली लागेर तेजापाकड-१ का १७ वर्षका शेख तवरेजको मृत्यु भएको छ। गोली लागेर घाइते भएका उनको जिल्ला अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो।

उनको दाहिने कोखामा गोली लागेको थियो।

४ बजेदेखि कर्फ्यू
झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}