Home » » मधेसी मोर्चा र सरकारबिचको आजको वार्तामा कांग्रेसले धोका दियो

मधेसी मोर्चा र सरकारबिचको आजको वार्तामा कांग्रेसले धोका दियो

धौलागिरी अपडेट्स, बाग्लुंग, २५ मंसिर । आन्दोलनरत मेधेसी मोर्चा र प्रमुख ३ दलबीच निर्णायक भनिएको आजको वार्तापनि निष्कर्षविहिन भएको छ । प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि बोलाएपनि प्रमुख प्रतिपक्ष नेपाली पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयकसँगै संविधान संशोधन प्रस्तावलाई पनि अघि बढाउनुपर्ने भन्दै कांग्रेस नेताहरु बैठकमा नगएका हुन् । कांग्रेस बैठकमा नगएपछि एजेन्डामा प्रवेश नै नगरी बैठक टुंगिएको हो ।

मधेसी मोर्चा र ३ दलबीचको आजको वार्तामा निष्कर्षमा पुर्याउने भनिएका विषयले प्रवेश नै नपाई बैठक टुंगीएको बैठकमा सहभागी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उप्रन्द्र यादवले बताए ।

संविधान संशोधन विधेयकमा प्याकेजमा सहमति हुनुपर्ने मोर्चाको मागमा सबैको सहमती जुट्न नसक्दा मोर्चा र सरकारबीचको वार्ताले निर्णायक मोड नलिएको उपप्रधान मन्त्री विजयकुमार गच्छदारको भनाई छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}