Home » » भारत विरोधीहरुलाई तह लगाउँदै अख्तियार !

भारत विरोधीहरुलाई तह लगाउँदै अख्तियार !

गाउँ घरमा उखान नै छ–छोरी कुटेर बुहारी तर्साउने । घरमा सासुले रिस पोख्नु पर्‍यो भने कुटनीतिक ढंगले छोरीलाई कुटेपछि बुहारी तर्सने मुल्य मान्यता कायमै छ । अहिले भारतले पनि सोही उखान चरितार्थ गर्ने गरी भारतको विरोध गर्नेहरुलाई छानबिन अख्तियार दुरुपायोग अनुसन्धान आयोग लगाएर तह लगाउने नयाँ रणनीति बनाएको चर्चा शुरु भएको छ ।

खासगरी भारतको हस्तक्षेप स्वीकार नगर्ने र भारत विरोधी भनेर छवि बनाएकाहरुमाथि अख्तियारको आँखा परेपछि एमाले र एमाओवादीभित्र यस्तो बहस शुरु भएको हो । भारतको नाकाबन्दीका विरुद्ध प्रधानमन्त्री केपी ओली एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कडा प्रतिवाद गर्दै आएका छन् । उपपधानमन्त्रीद्धय चित्रबहादुर केसी र सिपी मैनाली भारतको विरुद्ध दिएको अभिव्यक्तिलाई लिएर भारतीय दुतावासले खण्डन नै गरिसकेको छ ।

भारतले भने अनुसारको काम गर्न सरकार र प्रमुख दलहरु तयार नभएपछि भारतले नयाँ कार्ड प्रयोग गर्न थालेको भन्दै एमाओवादी र एमाले भित्र अख्तियार प्रमुखसँग कसरी डिल गर्ने भनेर बहस शुरु भएको छ । एमाले नेताहरुले भारतसँग राम्रो सम्बन्ध रहेका र दिल्लीले मन पराएका अख्तियार प्रमुखलाई महाअभियोग लगाएर फाल्नु पर्नेबारे छलफल थालेपनि ओली र माधव नेपाल गुटबीच यो कुरा मिल्न नसकेको बताइएको छ । पत्र काटिएकामा एमालेका माधव पक्षधर नेताहरु बढि परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत संवैधानिक रुपमा नै एमाले, एमाओवादी र भारतको विरोध गर्नेहरु सिध्याउने भारतको योजना अनुसार अख्तियारले छानबिनको लागि पत्र काटेको छ । अख्तियारले शीर्ष नेताहरुलाई त पत्र काटेको छैन । तर सांकेतिक रुपमा शीर्ष नेतृत्वलाई असर पुग्ने गरी पत्र काटेको छ । भारतको योजना अनुसार अख्तियारले पत्र काटेपछि नेपालको राजनीतिमा तरंग पैदा भएको हो । अख्तियारले सम्भवत राजनीतिक दलका नेताहरुलाई ठूलो संख्यामा एकै पटक पत्र काटेको पहिलो पटक हो । २९ जनालाई पत्राचार गरेपछि एमाले र उमाओवादीका नेताहरुलाई टाउको दुखाइको विषय बन्न पुगेको छ ।

अख्तियारको पत्रले ओली–प्रचण्डलाई तनाब
भारतले विरुद्ध खरो रुपमा उत्रिएका प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष प्रचण्डलाई पत्र नकाटेपछि पार्टीका नेताहरुलाई अख्तियारले पत्र काटेपछि टाउको दुखाईको विषय बन्न पुगेको छ । तराई मधेसको आन्दोलन र भारतको नाकाबन्दीको कारण तनाबमा रहेका ओली र प्रचण्ड अख्तियारको पत्रले झन तनाबमा परेका छन् । एमाले र एमाओवादीका नेताहरुलाई काटिएको पत्र ओली र प्रचण्डसंग जोडिएको छ ।


प्रचण्ड निकट र चीनसँग राम्रो सम्बन्ध भएका एमा‌ओवादी महासचिव कृष्ण बहादुर महरालाई पत्र काटनु सिधै प्रचण्डसंग गएर जोडिएको छ । एमालेका नेताहरुलाई पत्र काटिए पनि ओलीसंग गएर जोडिएको छ । भारत विराधी अभिव्यक्ति दिएकै कारण उनीहरुलाई तह लगाउन भारतले वैधानिक रुपमा अख्तियार अगाडि सारेको छ । यस विषयलाई लिएर प्रधानमन्त्री ओली र प्रचण्डको बीचमा छलफल समेत भएको छ । ओली र प्रचण्डले भारतको योजना अनुसार पत्र काटिएको निष्कर्ष समेत निकालेको स्रोतले बतायो । भारतविरुद्ध उग्र बोलेका माले महासचिव सीपी मैनालीलाई पनि उनकी पत्नि निलम केसीलाई पत्र काटेर साइजमा ल्याउन खोजिएको छ 

गलत पुष्टी गर्न महराको चुनौती
नेपाली हेडलाइन्ससँग कुरा गर्दै एमाओवादी महासचिव महराले आफ्नो राजनीतिक छवि विगार्न समयमा समयमा आफूमाथि प्रहार हुने गरेको र अख्तियारको पत्रबारे पछिल्लो पटक प्रकाशित समाचार त्यसकै एक अंग भएको प्रतिक्रिया दिएका छन् ।

आफू कुनै अनियमिततामा संलग्न नभएकाले अख्तियारले छानविन गर्ने चर्चाले आफूलाई खासै फरक नपर्ने उनले बताए । यस अघि पनि राजनीतिकरुपमा प्रेरित भएर यस्ता गतिविधी भएको र अख्तियारको छनाविन भनेर गरिएको चर्चा यसकै पछिल्लो कडी भएको उनको भनाइ छ । नेता महराले बुझाएको सम्पति विवरणको बुँदाबारे स्पष्ट पार्न भन्दै चिठी प्राप्त भएको जानकारी दिँदै आफूमाथि कुनै अनियमितता पुष्टी गर्न खुला चुनौती पनि दिएका छन् ।

भारत विरोधी कनकमणि समेत निशानामा
भारतीय नाकाबन्दी विरुद्ध शुरु देखि नै चर्को अभिब्यक्ति दिँदै आएका र अन्तराष्ट्रिय सञ्चार माध्यममा आलेख समेत प्रकाशित गरिररहेका बरिष्ठ पत्रकार एवं लेखक तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई पनि अख्तियार कर्मचारीले पत्र थमाएका छन् । साझा यातायात अध्यक्षको हैसियतमा उपस्थित हुन अख्तियारले दीक्षितलाई पत्र काटेको छ ।

अख्तियारले बुझाइएको सम्पत्ति विवरणमा जाँचबुझ गर्ने प्रक्रिया सामान्य र नियमित रहेको बताएपनि भारत विरुद्ध बोल्नेहरुलाई तह लगाउने गरि पछिल्लो कदम आएको आलोचकहरुको भनाइ छ । अख्तियारको प्रमुख आयुक्तमा लोकमानसिंह कार्की नियुक्त भएदेखि अख्तियारका हरेक जसो अनुसन्धान विवादको घेरामा तानिएका छन् ।

दिल्लीले मन पराएका भनिएका कार्कीले मन परेका ठूला भ्रष्टाचारीलाई नछुने र मन नपर्ने तथा आलोचकलाई कारवाही थाल्नुले उनीमाथिको आलोचना बढ्ने देखिएको छ ।

देखाउनका लागि केही मिसाइयो
अख्तियारले छानविन गर्न बोलाएकोमा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का समेत परेका छन् । तर उनले सफाइ पाउने निश्चित रहेको श्रोत बताउँछ । गोपाल खड्का लगायत अन्य केहीलाई मिसाएर छानविन पूर्वाग्रहरहित रहेको देखाउन मात्र खोजिएको तर भारत विरोधीहरुलाई तह लगाउने रणनीति भएको एमाले र एमाओवादीका नेताहरुको दावी छ । चीनबाट इन्धन ल्याउन रोक्न खोजेका र बिराट पेट्रोलियमलाई भारतबाट महंगो मूल्यमा इन्धन ल्याउन राज्यको करोडौं पैसा दिएका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका नातेदार हुन् ।

एमाओवादीमा आपुर्ति मन्त्री पुनलाई असयोग गर्दै करोडौं कुम्ल्याउन खोजेको आरोप लागिसकेका उनले आपुर्तीमन्त्रीलाई असयोग गरिरहेको निगम भित्रका कर्मचारी नै बताउँछन् । आफूलाई आपुर्ति मन्त्रीले मात्र नभएर प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले समेत छुन नसक्ने भन्दै आफु मातहतका कर्मचारीलाई धम्काउने गरेको समेत श्रोतले बतायो । निहुँ खोजे अख्तियारको प्रयोग गर्ने भन्दै उनले घुमाउरो चेतावनी समेत दिने गरेको बताइन्छ ।

कांग्रेसका कुनै नेता परेनन्
भारतले योजना अनुसार कांग्रेसले आफनो गतिविधि अगाडि बढाइरहेको छ । प्रधानमन्त्री निर्वाचनमा उम्मेदवार हो कि संविधान संशोधन प्रक्रिया अगाडि बढाउने अडानमा होस । कांग्रेस प्रत्यक्ष रुपम जोडिएको छ । भ्रष्टाचार गर्ने नेताहरुको कांग्रेसमा पनि कमी छैन । तर यस पटक अख्तियारले काटेको पत्रमा कांग्रेसका कुनै पनि नेताहरु परेका छैनन् । अख्तियार प्रमुखलाई हटाउनको लागि संसदमा दुई तिहाई बहुमत चाहिन्छ । अभियोग लगाएर हटाउनको लागि कांग्रेस विना दुई तिहाई बहुमत पुग्दैन भन्ने हिसाब किताब गरेरै २९ जना नेतामाथि छानिबिन गर्ने भएको छ । एमाले र एमाओवादी लगायत भारत विरोध गर्नेहरु माथि छानबिन गर्ने भएपछि कांग्रेसलाई पनि हाइसञ्चो भएको छ । भारतले पत्र काटेपछि यसको प्रभाव कस्तो पर्छ भनेर हेर्न खाजेको छ । यो रणनीति सफल भएपनि अख्यितारले प्रधानमन्त्री ओली र प्रचण्डलाई समेत पत्र काटने तयारी गरेको उच्च स्रोतले बतायो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}