
|
|
कमल पन्थी, बर्दिया ।
उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको ग्राम पञ्चायत निर्वाचनलाई ध्यानमा राखी भारतले बाँके र बर्दियासंग सीमा जोडिएको भारतीय नाका भोलीसम्मका लागि सिल गरेको छ ।
खुला सिमा नाकाका कारण निर्वाचनका क्रममा आपराधिक गतिविधी हुन सक्ने भन्दै भारतले आज विहान ६ बजेदेखी भोली विहान ६ बजेसम्मका लागी आफ्नो नाकाबाट हुने सम्पुर्ण आवागमन बन्द गरेको हो । बाँकेको रुपैडिहा र बर्दियाको मुर्तिया लगायत राजपुर क्षेत्रसंग जोडिएको सिमा नाका समेत भोलीसम्मका लागी सिल गरिएको भारतीय अधिकारीहरुले बताएका छन् ।
भारतीय पक्षले उपचारका लागी जाने अत्यावश्यकीय सवारी साधनलाई भने सुरक्षाकर्मीसंग समन्वय गरि आवातजावत गर्न दिने जानकारी नेपाली अधिकारीलाई गराएका छन् ।
उता, ग्राम पञ्चायतको निर्वाचनको सुरक्षालाई भन्दै भारतीय पक्षले आज पनि नेपालगञ्ज–रुपैडिया नाका सिल गरेको छ । हिजो साईकल र पैदनयात्रीलाई आवतजावत खुला गरिएपनि आज भने पूर्ण रुपमा निषेध गरिएको हाम्रा सहकर्मीले जानएका छन् । नाका साँझ ६ बजेमात्र खुल्नेछ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

