Home » » भैँसी गर्भवती गराए बापत सत्तरी हजार कमाउँछ बागलुङको यो राँगोले!

भैँसी गर्भवती गराए बापत सत्तरी हजार कमाउँछ बागलुङको यो राँगोले!

मङ्सिर । व्यावसायिक पशुपालनमा जिल्लाको दमेक–८ का भैरवप्रसाद सापकोटाले पालेको राँगोले वर्ष दिनमा रु ७० हजारभन्दा बढी कमाइ गर्ने गरेको छ ।

गाउँभरका भैँसी गर्भवती गराएबापत राँगोबाट सो आम्दानी सापकोटाको परिवारमा भित्रने गरेको छ । रु २४ हजारमा किनेको राँगोबाट वर्षदिन मै त्यसको तेब्बर आम्दानी हुन थालेपछि उहाँ राँगोपालनबाट सन्तुष्ट हुनुहुन्छ । अन्य किसानको गोठमै लगेर भैँसी गर्भवती बनाएमा रु छसय र आफ्नै गोठमा ल्याए रु पाँचसय लिने गरेको सापकोटाले बताउनुभयो ।

“यो वर्षको हालसम्म ८५ वटा भैँसी राँगोबाट गर्भवती भइसकेका छन्” उहाँले भन्नुभयो । एक वर्षमा सयभन्दा बढी भैँसी गर्भवती हुने गरेका न्छन्, यो वर्षनै ८५ वटा भइसकेका छन्’ सापकोटाले भन्नुभयो ‘वर्षमा ७० देखि ८० हजारसम्म त यही राँगोबाट कमाइ हुन्छ ।’

स्याहार, दानापानीका हिसावले राँगोपालन खर्चिलो भएपनि त्यसबाट नियमित आम्दानी हुने उहाँको भनाइ छ । गाउँघरमा निकै कम राँगो पाल्ने चलन भएपछि भैँसी गर्भवतीको लागि एकै ठाउँमा धेरै किसान भरपर्नुपर्ने अवस्था छ । पहिले–पहिले भैँसी गर्भवती गराउँदा अन्न दिने गरिएपनि पछि नगदको चलन आएको सापकोटाले बताउनुभयो । “राँगो पाल्दा खर्च बढ्नका साथै जोखिम पनि उत्तिकै हुन्छ” उहाँले भन्नुभयो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}