Home » » नेपालकी छोरीले मुम्बइमा जितिन् ‘बेस्ट एक्ट्रेस टेली अवार्ड’

नेपालकी छोरीले मुम्बइमा जितिन् ‘बेस्ट एक्ट्रेस टेली अवार्ड’

हिन्दी टेलिसिरियल ‘कुमकुम भाग्य’की प्रज्ञा भारतको मुम्बईमा ‘बेस्ट एक्ट्रेस टेली अवार्ड’बाट सम्मानित भएकी छिन् । भारतीय टिभी च्यानल जी टिभीबाट सोमवारदेखि शुक्रबारसम्म राती नेपाली समय ९ बजे प्रसारण हुँदै आएको ‘कुमकुम भाग्य’मा औधी मन पराइएकी पात्र हुन् प्रज्ञा ।

प्रेम सम्बन्धी रोचक कथाबस्तु समावेश गरिएको चर्चित सिरियलकी मुख्य पात्र प्रज्ञाको वास्तविक नाम श्रीति झा हुन् । नेपाल तथा भारतका टेलिभिजन दर्शकहरुमाझ लोकप्रिय श्रीति सप्तरीकै छोरी हुन् भन्ने कुरा धेरैलाई पत्यार नलाग्ला तर वास्तविकता यही हो ।

उनी सप्तरी सदरमुकाम राजविराज नगरपालिका–१ की निवासी हुन भने काठमाडौं मित्रपार्क निवासी मिथिलेश कुमार झा एवम् रीता झाकी सुपुत्री हुन । भारतमा अध्ययनकै क्रममा अवसर पाउँदै टेलिसिरियलहरुमा चम्किएकी श्रीति ‘बेस्ट एक्ट्रेस टेली अवार्ड’बाट सम्मानित भएकी छिन् । उनले उक्त टेलिसिरियलमा प्रज्ञाको भूमिका वापत उक्त महत्वपूर्ण अवार्ड प्रदान गरिएको हो ।
फस्ट फ्लाइटका संस्थापक निर्देशक समेत रहेका बुवाको कार्यक्षेत्र काठमाडौं रहेका कारण श्रीति काठमाडौस्थित मोडर्न इण्डियन स्कूल चौभारबाट माध्यमिक शिक्षा प्राप्त गरेकी हुन् । सानैदेखि नाचगान र अभिनयमा विशेष रुची राख्दै आएकी उनले दिल्ली युनिभर्सिटीबाट ग्रेजुएसन गरेकी छिन् ।
अध्ययनकै क्रममा प्रथम वर्षमै ड्रामा सोसाइटीको सचिवमा चुनिइन् भने दोस्रो वर्षमा अध्यक्षमै निर्वाचित भएको उनका बुवा मिथिलेशले जानकारी दिए । मुम्बईमा अध्ययनरत रहेकै अवस्थामा तिखारिएको अभिनयकै कारण विभिन्न टेलिसिरियलहरुमा अवसर पाएको जानकारी दिँदै उनले भने ‘श्रीतिी आफ्नै विलक्षण प्रतिभाबाट आज हिन्दी टेलिसिरियलहरुमा उत्कृष्ट अवार्ड हात पारेकी छिन ।‘ २८ वर्षिया श्रीतिले ‘धुम मचालो धुम’मा मालिनी शर्मा, ‘जिया जले’मा सुनैना, ‘ज्योती’मा सुधा÷देवीका, ‘सौर्या और सुहानी’, मीठी छुरी नम्वर–१, ‘रक्तसम्बन्ध’मा सन्ध्या÷बृन्दा, सौभाग्यवती भवः, ‘बालिका बधु’मा गङ्गा र हाल ‘कुमकुम भाग्य’मा प्रज्ञाको भूमिका निर्वाह गरेकी छिन् । मिथिला संस्कारमा हुर्किएकी उनी बङ्गाली भाषीसँग विवाह गरेकी छिन् । श्यामसुन्दर यादव, राजविराजबाट

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}