
|
|
बागलुङ— नेतृत्व चयन गर्ने १३ औँमहाधिवेशन नजिकिँदै जाँदा नेपाली कांग्रेस,बागलुङले महाधिवेशन सम्पन्न गर्न तयारी सुरु गरेको छ । गाउँ, नगर, क्षेत्र, जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गर्ने विषयमा छलफल गर्न आजदेखि नेपाली कांग्रेस, बागलुङ जिल्ला समितिको पूर्ण बैठक आजबाट सुरु भएको हो ।
कांग्रेस बागलुङका सभापतिका सभापति प्रकाश शर्मा पौडेलको अध्यक्षतामा बसेको बैठकमा कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्याय, पूर्व पार्टी सभापति मणिभद्र शर्मा कँडेल, हरिप्रसाद श्रेष्ठ, जिल्ला सदस्यहरु दिपेन्द्र थापा, फम बहादुर खत्री,तुल्सीराम पौडेल क्षेत्र नं ३ क्षेत्रीय सभापति तारानाथ शर्मा र घनश्याम गौतम लगायतले आफ्नो धारणा राखेका थिए ।
बैठकले मूल तयारी समिति, आर्थिक समिति गठन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस, बागलुङको अधिवेशन सम्पन्न गर्नको लागि पार्टी सभापति प्रकाश शर्मा पौडेलको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल तयारी समिति , कोषाध्यक्ष लालप्रसाद घर्तीको संयोजकत्वमा आर्थिक संकलन उपसमिति गठन गरेको छ ।
बैठकमा आवास व्यवस्थापन, विधान संशोधन, जिल्लामा विकास निर्माणको अवस्था, भारतले लगाएको नाकावन्दी लगायतको विषयमा छलफल भएको नेपाली कांग्रेसका सचिब ओमकार थापाले जानकारी दिए । बैठक नसकिएकोले भोली पनि बैठक जारी रहने नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसको गाउँ र नगर अधिवेशन आगामि माघ १५, क्षेत्रीय अधिवेशन माघ २२ र जिल्ला अधिवेशन माघ २५ गर्ने तालिका सार्वजनिक भएको छ ।
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

