Home » » भारतको इशारामा चल्दा नेपाल सिक्किम बन्न बेर लाग्दैन, सत्य बोल्दा मन्त्री पद गए जाओस् : चित्रबहादुर

भारतको इशारामा चल्दा नेपाल सिक्किम बन्न बेर लाग्दैन, सत्य बोल्दा मन्त्री पद गए जाओस् : चित्रबहादुर

म्याग्दी, १३ पुस । उपप्रधान मन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले मन्त्रिपरिषद् ठूलो बनाउनु बाध्यता भएको बताएका छन् । नयाँ संविधानको प्रचार अभियानअन्तर्गत जिल्ला विकास समिति पर्वतले आज सदरमुकाम कुश्माबजारमा आयोजना गरेको कार्यक्रममा सङ्क्रमणकालीन अवस्थामा सबै पक्ष र सबै दललाई समेटेर लैजानका लागि मन्त्रिपरिषद् ठूलो भएको बताउनुभयो ।

नेपाली काँग्रेस सरकारमा सहभागी नहुँदाको उपज मन्त्रिपरिषद् ठूलो बनेको बताउँदै केसीले जम्बो टोली भए पनि जनताको पक्षमा देखिने गरी काम गर्ने दाबी गर्नुभएको छ । मन्त्री केसीले मन्त्रिपरिषद् ठूलो भयो भनेर चौतर्फी आलोचना आउनु स्वाभाविक भएको पनि बताउनुभयो ।
“प्रमुख तीन दल मिलेर नै सरकार बनाउनुस् भन्यौँ, तर उहाँहरु मान्नुभएन र हामी फालिएको खान पुग्यौँ” केसीले भन्नुभयो– “मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण भएको महँगी, कालोबजारी नियन्त्रण गर्न नसक्नुले पछुताउनुपरेको छ ।”
उहाँले आफू राजधानी छाडेपछि प्रधानमन्त्रीले बिना छलफल मन्त्रिपरिषद् विस्तार गरेको बताउनुभयो । उहाँले जनप्रतिनिधिबाट प्राप्त गरेको नयाँ संविधानका कारण जनताले नाकाबन्दीको सजाय पाएको भन्दै सरकारको मुख्य काम नै अहिले कालोबजारी र महँगी नियन्त्रण गर्ने भएको बताउनुभयो । मन्त्री केसीले राष्ट्रियतालाई छाडेर विदेशीले भनेअनुसार सम्झौता गर्नै नहुने धारणा राख्नुभयो । “बाह्य शक्तिले भनेको मान्दै जाने हो भने कालान्तरमा नेपाल सिक्किम बन्न सक्छ” केसीले भन्नुभयो ।
उहाँले आफूले सत्य कुरा बोल्दा मन्त्री पद धरापमा पर्ने चेतावनी आएको पनि खुलासा गर्नुभयो । “राष्ट्रियताभन्दा ठूलो मन्त्री पद होइन, सत्य कुरा बोल्दा मन्त्री पद जान्छ भने मन्त्री छाड्न आफू तयार छु” केसीले भन्नुभयो ।
कार्यक्रममा सांसद विकास लम्साल, कल्पना चापागाईं, काँग्रेस पर्वतका सभापति लालकाजी गुरुङ, एमाले पर्वतका अध्यक्ष पदम गिरीलगायतले संविधान सबैका लागि उत्कृष्ट रहेपनि बुझाउन नसक्दा समस्या भएको धारणा राख्नुभएको थियो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}