
|
|
२१ मंसिर, नयाँदिल्ली । भारतको नयाँदिल्लीस्थित विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत मधेसी विद्यार्थीहरुले नेपाली राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । मधेस युनाईटेड ग्रुपको व्यानर र प्लेकार्ड लिएका विद्यार्थीहरुको समुहले प्रदर्शन गरेको हो ।
मधेस केन्द्रित दलहरुको माग सम्वोधन गर्न नेपाल सरकार तयार नभएको आरोप लगाउँदै विद्यार्थीहरुले ‘नेपाल सरकार मुर्दावाद’, ‘यो हाम्रो संविधान होइन’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
प्रदर्शन लगभग दुई घण्टासम्म चलेको थियो । विरोध कार्यक्रमको मध्यनजर गर्दै भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
मधेसी युनाईटेड ग्रुपका सभापति संजय यादवले यो विरोध कार्यक्रम नेपाल सरकारले मधेसीमाथि गरिरहेको दमन, अन्याय र विभेदको विरुद्धमा भएको जानकारी दिए । उनले हाल दिल्लीमा रहेका मधेसी मोर्चाका नेताहरुलाई मधेसविरुद्ध कुनै सम्झौता नगर्न समेत चेतावनी दिए ।
जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यावारीधि अध्ययनरत अर्का विद्यार्थी सोहन साहले छिटोभन्दा छिटो मधेसीका मागलाई संवोधन गर्न नेपाल सरकारलाई दवाव दिन प्रदर्शन गरिएको जानकारी दिए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

