Home » » श्रीमती नभएको मौका छोपेर अर्कै महिलासँग यौन सम्पर्क खोज्ने पुरुषको यौनांग चपाइन् युवतीले

श्रीमती नभएको मौका छोपेर अर्कै महिलासँग यौन सम्पर्क खोज्ने पुरुषको यौनांग चपाइन् युवतीले

आफ्नी श्रीमती नभएको मौका छोपेर अर्कै महिलासँग यौन सम्पर्क राख्न खोज्न एक पुरुषले ठूलो मूल्य चुकाउनु परेको छ । सुरुवाल खोलेर गुप्तांग देखाउँदै महिलासँग यौन प्रस्ताव राख्ने ती पुरुषको लिंग महिलाले चपाइदिएकी छिन् । युरोपेली देश मोल्दोभाको राजधानी चिसिनाउमा यो अनौठो घटना घटेको हो ।
समाचार अनुसार राजधानीको एक पार्कमा पिकनिक खाएर घर फर्किने बेलामा एक महिलासँग सहवासको प्रस्ताव राख्दै ५३ वर्षका फ्लोरिन ओनिटाले आफ्नो गुप्तांग देखाएछन् । त्यसको जवाफमा ती महिलाले उनको लिंग मुखभित्र हालेर जोडसँग टोकिदिइन् । जसबाट उनको लिंग गम्भीर रुपमा घाइते भएको र रगत बग्न थाल्यो ।

आफ्नी श्रीमती मारिया केही साथीहरुलाई कारमा चढाएर घरसम्म पूराइदिन गएको मौका छोपी फ्लोरिनले सँगै रहेकी अर्की महिला सामु यौन प्रस्ताव राखेका रहेछन् । पछि श्रीमती आउँदा त उनको हालत निकै दर्दनाक थियो । सुरुवाल तल झरेको र नांगै रहेको अवस्थामा उनी रगत बगिरहेको यौनांग हेर्दै अर्धमूर्छित बनेर चिच्याइरहेका थिए, ‘एम्बुलेन्स बोलाउ, यो चुँडिएर झर्नै लाग्यो ।’
तर श्रीमतीले बोलाएको एम्बुलेन्स त्यहाँ आइ नपुग्दै पुलिसको गाडी आएर घाइते फ्लोरिनलाई लगिसकेको थियो । प्रहरीले नै उनलाई अस्पतालमा लगेर उपचार गरिरहेको छ । अस्पतालबाट डिस्चार्ज भएसँगै ती पुरुषमाथि महिलालाई यौनहिंसा गरेको अभियोगमा मुद्दा चलाइनेछ । अभियोग प्रमाणित भएमा उनलाई ५ वर्षको सजाय हुनेछ ।
प्रहरीका अनुसार ती पुरुषको यौनांग टोकिदिने महिला २४ वर्षकी छिन् । तर उनको नाम भने खुलाइएको छैन ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}