
|
|
कसैलाई सल्लाह दिनु पर्यो भने हामी तत्काल अघि सर्छौं । तर त्यही कुरा आफूमा लागु गर्न भने हामी चुकिरहेका हुन्छौं । यदि तपाइँ एकान्तमा हुनु हुन्छ भने सँधै केही कुरामा विचार गर्नुस् जसले तपाइँलाई खुसी र सन्तुष्टि दिन सक्छ ।
एकान्तमा बसेर सोंच्नु पर्ने १२ कुरा
१. मेरो साथमा जे छ ती सबै कुराको नियन्त्रण म सँग छैन । तर कुन कुराप्रति कसरी प्रतिक्रिया जनाउने भन्ने कुरा मेरो नियन्त्रणमा छ । समयसँगै हुने कुरा मैले टारेर टार्न सक्दिन । तर मेरो कारणले हुने कुरा नियन्त्रण गर्न सक्छु ।
२. जिन्दगीमा जे आउँछ त्यसलाई सहज लिन्छु । तर आफूले गरेको काम सके सम्म उत्तम बनाउने कोशिस गर्छु
३. जव म कुनै कुरामा विजेता बन्छु त्यतिबेला पनि म आफूलाई त्यति राम्रो ठान्दिन जति अरु मलाई ठान्छन् । म अझै राम्रो गर्न सक्छु । जव म असफल हुन्छु त्यतिबेला म कमजोर अनुभव गर्दिन ।
४. म झन्झटको ब्यवस्थापन गर्नु भन्दा दिमागलाई ब्यवस्थापन गर्छु । सकारात्मक सोंच राख्छु ।
५. कठिन परिस्थितिबाट जतिसक्यो त्यति छिटो बाहिर आउँछु । लक्ष्य हासिल गर्न सँधै काम गरिरहन्छु ।
६. बनाबटी असल देखाउनु भन्दा गल्ती गर्नु नै उत्तम हो । गल्तीले जीवनमा पाठ सिकाउँछ । तर म असल छु भन्ने मात्र सोंचाइ राख्दिन ।
७. चुनौती त्यतिबेला मात्र रोकावट बन्छ जव हामी यसमा झुक्छौं । जन्म र मृत्यु मैले चाहेर हुने कुरा होइनन् ।८. म कुनै पनि डर लुकाउने कोशिस गर्दिन किन भने मलाई थाहा छ कि जीवनमा अझै धेरै राम्रा कुरा आउन बाँकि नै छ ।
९. सँधै आफूलाई असल मानिस बनाउने कोशिस गर्छु ।
१०. आज जे छ भविष्यमा यस्तै हुने छैन । भविष्य विल्कुल फरक पनि हुन सक्छ । मेरो अगाडी सुनौलो भविष्य बाँकि छ ।
११. खुसी त्यतिबेला मात्र आउँछ जव म मन देखि सन्तुष्ट रहन्छु । खुसी मनले पैदा गर्ने विषय पनि हो ।
१२. सानो सानो सफलतामा पनि रमाउँछु । किन भने सफलता भनेको साना साना कुरा जोडिएर बन्ने विषय हो

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

