Home » » भारत पुगेका मधेसी नेतालले भारतीय मिडियामा भने –नेपालमा नाकाबन्दी छैन (भिडियो सहित)

भारत पुगेका मधेसी नेतालले भारतीय मिडियामा भने –नेपालमा नाकाबन्दी छैन (भिडियो सहित)


काठमाडौं । प्रमुख राजनीतिक दलहरुसँगको वार्ता छाडेर भारतीय नेताहरुसँग मधेसी मोर्चाका नेताहरु भारत भ्रमणमा रहेका छन् ।
उनीहरुले भारतमा विभिन्न पार्टीका शिर्ष नेतृत्वसँग नेपालमा देखिएको समस्याका बारेमा ब्रिफिङ समेत गरिरहेका छन् । भारत पुगेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा नाकाबन्दी नभएको दावी गरेका छन् ।

तीन दलले ल्याएको साझा धारण अस्वीकार गर्दै भारत पुगेका यादवले भारतीय नेतासँगको भेटपछि पत्रकारसित कुरा गर्दै आफूहरुले नाकाबन्दी नगरेको दावी गरे । उनले भारतले नकाबन्दी नगरेर आफूहरुले अवरोध गरेको भारतीय सञ्चार माध्यमसँग बताए ।
जनता दल युनाइटेडका अध्यक्ष शरद पवारसँग भेटेर फर्केपछि पत्रकारले नकाबन्दी बारे प्रश्न गर्दा उनले भारतले नेपालमा नाकाबन्दी नगरेको दावी गर्न छाडेनन् । उनले आफूहरुले समेत नाकाबन्दी नभई सीमा नाकामा अवरोधमात्र गरेको उल्लेख गरे ।
त्यस्तै अर्का नेता सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेषमा भइरहेको आन्दोलन मधेसी जनताको माग भएको उल्लेख गरे ।
उनले नेपालका राजनीतिक दलहरुले समस्या समाधान गर्न नखोजेको र सस्तो लोकप्रियताको लागि समस्यालाई नाकाबन्दीसँग जोडेको आरोप लगाए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}