Home » » मधेसी मोर्चाविरुद्ध उत्रिए मधेसका महिला, बर्दिवासमा विशाल प्रदर्शन

मधेसी मोर्चाविरुद्ध उत्रिए मधेसका महिला, बर्दिवासमा विशाल प्रदर्शन

राष्ट्रपतिमाथि भएको अभद्र व्यवहारको विरोध
महोत्तरी, ५ पुस । जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अभद्र व्यवहारको विरोधमा महोत्तरीको बर्दिवास बजारमा महिलाहरुले आज प्रदर्शन गरेका छन् । अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, नेपाल महिला सङ्घलगायतका सङ्गठनले राष्ट्रपति भण्डारीमाथि जनकपुरमा भएको दुव्र्यवहारविरुद्ध प्रदर्शन गरेका हुन् । 

विवाह पञ्चमीको अवसरमा जनकपुर गएको बेला मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिधवा भन्दै अपमान र दुव्र्यवहार गरेका थिए । राष्ट्रपति भण्डारीमाथि भएको दुव्र्यवहारको अहिले चौतर्फी विरोध भइरहेको छ । प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य शशीकला दाहालले कुनै पनि सभ्य समाजले कल्पना गर्न नसक्ने किसिमको दुव्र्यवहार राष्ट्रपतिमाथि हुनु दुःखद् भएको बताउनुभयो । उहाँले राष्ट्रपतिमाथि दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गर्नुभयो । रासस 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}