
|
|
परिवार नियोजन गर्नेहरु घटे अस्थाई साधन प्रयोगकर्ताहरु बढे
रुपन्देही मंसिर १९ जिल्लाजनस्वास्थ्यकार्यालय गुल्मीले जिल्लाका ३ वटै क्षेत्रमापुगेर परिवार नियोजनशिविर सञ्चालनमा जुटेको छ । हाल सम्म उसले सम्पन्न गरेको शिविरको विवरण हेर्ने हो भने परिवार नियोजन गर्नेहरुको सख्याह्वात्तै घटेको छ । क्षेत्रनम्वर १ को शान्तिपुरमा सम्पन्नशिविरमाजम्मा १० जनामहिलाहरुले मात्र परिवार नियोजन गरेका छन् ।
सोही क्षेत्रको पुर्तिघाटमा जम्मा २ जनाले मात्र परिवार नियोजन गरेका छन् । क्षेत्रनम्वर २ को श्रृङ्गामाजम्मा ६ जनाले परिवार नियोजन गरेको वरिष्ठ जिल्लाजनस्वास्थ्यअधिकृत रामचन्द्र पाठकले वताए
यसरी परिवार नियोजन गर्ने महिला पुरुषको सख्या घट्नुको प्रमुखकारण पुरुषहरु वैदेशिक रोजगारमाजानु रहेको,अर्को कारण अस्थाई साधन सहज रुपमापाईने र महिलाहरुले गोप्य रुपमागर्भपतन गराउनपाउने अधिकार रहेको पाठकको भनाई छ ।
‘केन्द्रले सय जनाको तार्गेट तोकेको छ ’ वरिष्ठ जनस्वास्थ्यअकिृत पाठकले भने–‘अहिले सम्मजम्मा १८ जनाले परिवार नियोजन गरेका छन् अव क्षेत्र नम्वर ३ को सिमलटारीमामंसिर २० गते र क्षेत्र नम्वर २ को तम्घासमा २२ र २३ गते सञ्चालनगरिने शिविरमा खै कतिजनाले गर्ने हुन् ।’
२०६१ सालमा यसै गुल्मीका ३ वटै क्षेत्रमा परिवार नियोजन शिविरमा जुटेका त्यस कार्यालयकाकर्मचारी कृष्णप्रसादश्रेष्ठ भन्छन–‘त्यति वेला केन्द्रले ६ सय जनाको तार्गेट दिन्थ्यो हामीले ५ सय जनाभन्दा बढिलाई परिवार नियोजन गर्ने गर्दथ्यौं तर अहिले स्थाई बन्ध्याकरण प्रतिधेरैले चासो लिन छाडेका छन् ।’
यसरी एकदशकयता परिवार नियोजन गर्नेहरुको संख्या घट्दै जाँदागतवर्ष जम्मासिङ्गो जिल्लाबाट २० जनाले परिवार नियोजन गरेको त्यस कार्यालयका परिवार नियोजन शाखाप्रमुखकृष्ण पन्थीले बताए । उनिपनि बैदेशिक रोजगारमा पुरुषहरुको संख्या बढ्दै जानु, अस्थाई साधान सहजहुँदै जानु र महिलाहरुले गोप्य रुपमागर्व पतनगर्न पाउने कानुनीअधिकार हुनु नै स्थाई बन्ध्याकरण गर्नेहरु घट्दै जानु प्रमुखकारण रहेको बताए ।
वरिष्ठ जनस्वास्थ्यअधिकृत पाठकका अनुसार कर्मचारीहरुको तलवभत्ता सहित एउटा शिविर सञ्चालनमाकम्तीमापनि ५० हजार खर्च हुने गरेका छन् । शिविरमा सहभागी एक स्वास्थ्यकर्मीले भने –‘ हामीहरुले दिदी परिवार नियोजन गर्ने होईन भनेर सोध्धा धेरै जसो महिलाहरुले भने–‘ बुढो नै घर छैनन त के को परिवार नियोजन ? ’
परिवार नियोजनमाकमीआउनुको अर्को कारण दम्पतीविचमाआत्माविश्वासको कमी र जनचेतनासमेत नहुनु रहेको छ । जवकीगुल्मीदिव्रुङ्गको एक दलित परिवारका एउटै दम्पत्तीले मृत्यु भएका सहित १९ सन्तानजन्माएका छन् । त्यस भेगको दलित वस्तीमा ७ देखि १० जना सम्म सन्तानजन्माउनुलाई सामन्य मानिन्छ ।
त्यस्तै अवैध रुपमा भ्रुण हत्यागर्नेहरु पनि बढेका छन् । यहाँ सम्मकी ५० को नेटो काटेकी पराल्मीगाविसकीएकलमहिलाले समेत अवैध सम्वन्धबाट सन्तानजन्माएर घाँटी निमोठेर हत्या गरेको अभियोगमाहालै पुर्पक्षकालागिकारागार चलानभएकी छिन् । जिल्लाका ग्रामिण भेगका सामन्यऔषधीपसलमा समेत गर्वपतन गराउने औषधी छ्याप्छ्याप्तीपाउने गरेको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

