
|
|
स्टेफनी टाटाबिट्टो र क्रिस्टल क्लेइन पाँच वर्ष पहिले फेसबुकमा साथी बनेका थिए । भर्चुअल दुनियाको यो मित्रता विस्तारै गहिरो सम्बन्धमा बदलियो । करीब दुइ वर्ष पहिले दुबैले बिहे गरे । दुबैका बच्चा पनि भए । दुबै साथीका बच्चा भएपछि आ आफ्ना बच्चाको हेरचाहका लागि समस्या भयो किनकी दुवै जनाको नाइट सिफ्टको जागिर थियो महिनामा एक हप्ता । त्यसपछि उनीहरुले एक अर्काको बच्चाको हेरचाह तथा पालनपोषण गर्ने फैसला गरे ।
क्रिस्टलको जागिर जब नाइट सिफ्टमा हुन्छ तब स्टेफनीले उनकी छोरीलाई आफ्नो दुध चुसाउँछिन् । अनि जब स्टेफनी नाइट सिफ्टमा जागिरमा जान्छिन् तब क्रिस्टलले उनकी छोरीलाई पनि आफ्नी छोरीलाई जस्तै आफ्नो दुध चुसाउँछिन् ।
अहिले क्रिस्टलकी छोरीको उमेर १९ महिना तथा स्टेफनीकी छोरीको उमेर दुइ वर्ष भएको छ । स्टेफनी अहिले पनि हप्तामा कम्तिमा ६ दिन क्रिस्टलकी छोरीलाई दुध चुसाउँछिन् ।
बच्चालाई स्तनपान गराउनु प्राकृतिक कुरा रहेको र आफुले गरिरहेको काम दुवै जनाको परिवारको लागि निकै राम्रो कुरा भएको भन्दै क्रिस्टलले आफुले अरु महिलाले के भन्लान् भन्ने कुराको वास्ता नगर्ने बताइन् । एक अर्काको बच्चालाई दुध चुसाउने यो कार्यले आपसी सम्बन्ध मजबुत भएका उनको भनाइ छ ।
स्टेफनीको बच्चालाई दुध चुसाउने आफ्नो निर्णयमा श्रीमानले कुनै बाधा विरोध नगरेको क्रिस्टल बताउँछिन् । स्टेफनीले त अहिले चुरोट तथा रक्सी खान पनि छाडिदिएकी छिन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

