Home » » एमाओवादीका कृषिमन्त्री हरिबोल गजुरेल अर्काकी श्रीमतीसंग जबरजस्ती यौनकाण्ड गरेको छताछुल्ल

एमाओवादीका कृषिमन्त्री हरिबोल गजुरेल अर्काकी श्रीमतीसंग जबरजस्ती यौनकाण्ड गरेको छताछुल्ल

वर्तमान कृषिमन्त्री हरिबोल गजुरेलको यौनकाण्ड पर्दाफास भएको छ ।
यस्तो छ कहानीः सिन्धुलीका माओवादी नेता शेरमान कुँवर ‘विशाल’ र उनकी जीवनसंगिनी निरु दर्लामी कुँवर ‘शिला’ पनि भूमिगत भइसकेका थिए । त्यति नै बेला शिला बिरामी परिन् । उनको उपचारार्थ पार्टीले काठमाडौंमा भूमिगत रुपले सक्रिय हरिबोल गजुरेल ‘शीतलकुमार’लाई खटायो । काठमाडौंको कलंकीमा कोठाभाडा लिएर भूमिगत जीवन बिताइरहेका थिए शीतलकुमारले ।

शिला आइन्, उनलाई उपचारको क्रम पनि अघि बढ्यो । यसका साथै शिलामाथि हरिबोलको रोमान्टिक नजर पनि गढ्दै गयो । भूमिगत अवस्था, सबैबाट बचेर हिँड्नुपर्ने र एउटै कोठामा कठिनसँग बस्नुपर्ने । शिला बिरामी भए पनि हरिबोला र शिलाबीच अन्तरंग सम्बन्ध कायम भयो ।
शिला उपचार गराएर फर्किएपछि पार्टी मुख्यालयमा उजुरी पर्यो, म बिरामी भएर उपचार गर्न गएका बेला शीतलकुमारले जबर्जस्ती यौनसम्बन्ध कायम गरेर अन्याय गरे, न्याय पाउँ भनेर । यो उजुरी ठूलो बहसको बन्यो । यस काण्डमा हरिबोलले बाबुराम भट्टराईको साथसहयोग खोजे । तर, बाबुरामले यस्ता सांस्कृतिक विचलनमा उनलाई साथ दिन नसक्ने प्रष्ट पारेका थिए ।
त्यतिबेलासम्म बाबुरामको प्रमुख सहयोगी र सल्लाहकारका रुपमा रहेका हरिबोल यसै बिषयलाई लिएर बचाउने आशाका साथ प्रचण्डसमक्ष पुगे । प्रचण्डले हरिबोललाई च्यापे । त्यसदिनदेखि अहिलेसम्म पनि हरिबोल प्रचण्डका कट्टर पक्षपातीका रुपमा रहिरहेका छन् । शिलाको उजुरीमा व्यापक छलफल गरी हरिबोलका गतिविधि पार्टी, क्रान्तिविरुद्ध रहेको निष्कर्षसहित पार्टी दस्तावेजमा समेत उल्लेख गरियो ।
यस घटनापछि बाबुराम र हरिबोल कहिल्यै एकै ठाउँमा उभिन सकेनन् । पछि केन्द्रीय समिति बैठक सकेर कार्यक्षेत्रमा फर्कंदा सिन्धुलीका ३ जना माओवादी केन्द्रीय नेता सेनाको कारवाहीमा मारिए । यसमा शेरमान पनि परे । त्यसबेलादेखि यो विषय रहस्यका रुपमा रहँदै आएको छ ।
एमाओवादी विभाजित हुनु केही महिनाअघि पार्टी मुख्यालयमा शेरमानको हत्यामा हरिबोल संलग्न रहेको भनी शिलाले उजुरी हालिन् । तर, यसको कहिल्यै सुनुवाई भएन । बरु मोहन वैद्य किरणको नेतृत्वमा पार्टी नै विभाजित भयो । हरिबोल भएको पार्टीमा नबस्ने भन्दै शिला वैद्यको पार्टीमा लागिन् ।
यसअघि कांग्रेस सरकारका कृषिमन्त्री हरिप्रसाद पराजुलीले यौन काण्डकै कारण मन्त्री पदबाट राजीनामा दिएका थिए । जनआस्था साप्ताहिकमा खबर छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}