
|
|
भूकम्पपछिको पुनर्निर्माणको अवलोकनका लागि एमाओवादी नेताहरुका छोराछोरीलाई चीन पठाउने निर्णयले एमाओवादीमा भूईँचालो गएको छ । पार्टी अध्यक्ष प्रचण्डकै नातिनीहरु समेत संलग्न भएपछि यो विषयले ठूलो चर्चा पाएको हो ।
समाचारमा आफ्नो नाम समेत जोडिएपछि प्रचण्डले के आधारमा यस्तो निर्णय गरियो भन्दै गृहमन्त्री शक्ति बस्नेतलाई सोधेको प्रचण्ड सचिवालयले जनाएको छ । “यस्तो निर्णय कसले ग¥यो, कम्तीमा एकपटक सल्लाह त गर्नुपर्छ ।” प्रचण्डले बस्नेतलाई भनेको सचिवालयले जनायो । प्रचण्डले तत्काल निर्णय सच्याउन समेत गृहमन्त्रीलाई भनेका छन् ।
भूकम्पछि पुनर्निमार्ण भएको सिचुवान प्रान्तको कुन्मिङ र छेन्दुङ सहरको ७ दिने अवलोकनका लागि गृहमन्त्री बस्नतेल एमाओवादी नेताकै छोराछोरीको नाम प्रस्ताव गरेपछि यसले ठूलो रुप लिएको हो । भ्रमणमा मन्त्री बस्नेतकै छोरीद्वय संगम र ववितासमेत छन्।
शुक्रबार बिहान कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि एमाओवादी निकटका अनलाईन तथा अन्य अनलाईनहरुमा तथा समाचारमाध्यमले यो समाचारलाई निकै महत्वका साथ प्रचार गरेका थिए । “भूकम्पपीडतको कोटामा प्रचण्डका नातीनीहरु” भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि लाजिम्पाटमा ठूलो तनाव भएको सचिवालयले बतायो ।
समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत प्रचण्डमाथि आलोचनाको ओइरो लागेपछि प्रचण्डले गृहमन्त्री बस्नतेलाई शुक्रबार बिहान लाजिम्पाट बोलाएका थिए ।
“प्रचण्डले समाचारमा उल्लेख भएका विषयमा के कसो भएको भनेर सोधे । गृहमन्त्रीले केही नामहरु नेताका आफन्तको परेपनि भूकम्पपीडित क्षेत्रका समेत रहेका बताए” प्रचण्ड सचिवालयले भन्यो । प्रचण्डले दुश्मनहरु त्यसैपनि बदनाम गर्न बहाना खोजिरहेको बेला यस्तो निर्णयले गर्दा के असर पर्ला भनेर सोच्नुपर्दैन ? भनेर गृहमन्त्रीलाई सोधेको सचिवालयले जनायो ।
गृहमन्त्रालय श्रोतका अनुसार चीन भ्रमणको सूचिमा कसलाई राख्ने नराख्ने भन्ने योजना गहृमन्त्री बस्नेतकी पत्नी तथा एमाओवादी नेतृ सत्या पहाडीले बनाएकी थिइन । पहाडीले आफ्ना दुबै छोरीको नामका साथै प्रचण्डका नातिनीहरुको नाम समेत प्रस्ताव गरिन । त्यसैगरी उनले अन्य जिल्लाका आफ्ना निकट व्यक्तिहरुका परिवारका १५ वर्षदेखि ३० वर्षका युवाहरुको नाम समेत प्रस्ताव गरेर मन्त्री बस्नेतलाई दिएको थाहा पाएको छ । सामाजिक सञ्जालमा भने यो विषयमा निकै ठूलो आलोचना भइरहेको छ ।
प्रचण्डले यो समग्र निर्णयले पार्टीको बदनाम हुने भन्दै निर्णय सच्याउन गृहमन्त्री बस्नेतलाई निर्देशन दिएका छन् । “तत्काल यो विषयमा सत्यतथ्य सार्वजनिक गर्नुस्, निर्णय सच्याउनुस्।” प्रचण्डले गृहमन्त्रीलाई भनेको सचविालयले जनायो ।
भूकम्पपीडित जिल्लाका १५ देखि ३० वर्षसम्मका युवाका लागि चीन सरकारले व्यवस्था गरेको अवलोकन भ्रमणमा पार्टी अध्यक्ष दाहालकी छोरी–नातिनी स्मिता प्रधान, दृष्टि केसी, सन्ध्या केसी र प्रतिमा पाठक छन्। यस्तै, पार्टी केन्द्रीय सदस्य अञ्जना विसंखेकी छोरी स्वस्तिका र स्वकीय सचिव एवं जाजरकोट पार्टी कार्यकर्ता ललित बुढाकी पत्नी लक्ष्मी गिरी पनि छन्।
मन्त्री बस्नेतका गाडी चालक किरण बोगटी र मन्त्री पत्नी सत्या पहाडीकी फुपूका छोरा सूर्य गुरुङकी पत्नी पनि सूचिमा छन। १४ जिल्लाबाट ४ जनाका दरले छनोट गरिए पनि बाँकी कोटामा पार्टी नेता तथा गृहका कर्मचारीका आफन्त छानिएको छ कान्तिपुर दैनिकले उल्लेख गरेको थियो। टोली शुक्रबार चीन जाने र पुस २ मा स्वदेश फर्किने कार्यक्रम छ।
धनगढीकी जयन्ती जोशी अखिल क्रान्तिकारीका सीटीईभीटी एकाइ कमिटी अध्यक्ष सुरजसिंह ठकुरी, गृहमन्त्रीको सचिवालयका शाखा अधिकृतद्वय धर्मराज न्यौपानेकी छोरी सवनम र चित्रजंग शाहीका छोरा अनमोल पनि सूचिमा छन् ।
भूकम्प अति प्रभावित जिल्लाहरू मकवानपुर, ओखलढुंगा, रामेछाप, सिन्धुली, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, काठमाडांै, ललितपुर र गोरखाबाट पनि एमाओवादी कार्यकर्ता र आफन्त नै छानिएको कान्तिपुर दैनिकले उल्लेख गरेको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

