
|
|
काठमाडौं– तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न दिल्ली जाने भएका छन् ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहितका मोर्चामा आवद्ध चार दलका शीर्ष नेताहरु आइतबार दिल्ली जाने तयारी भएको भारतीय दूताबास स्रोतले जनाएको छ ।
भारतकै सहयोगमा तराई मधेसमा आन्दोलन भएको मधेसी मोर्चालाई आरोप लागिरहेका बेला उनीहरु मोदीलाई नै भेट्न दिल्ली जान लागेका हुन् । मोर्चाका नेताहरुको दिल्ली भ्रमणबारे बुझ्दा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘ दिल्ली कति टाढा हो र , आउजाउ भइरहन्छ ।’
स्रोतका अनुसार मोदीले मोर्चाका नेताहरुलाई बोलाएका हुन् । मोदीले बोलाएसँगै आवश्यक प्रवन्ध मिलाउन तमलोपाका नेता हृदयश त्रिपाठी आज लिल्ली पुगिसकेका छन् भने हिजो फोरम नेपालका नेता अविशेक प्रताव शाह पनि दिल्ली गएका थिए । स्रोतका अनुसार शाह र त्रिपाठी दिल्ली पुगिसकेको भएपनि उनीहरुले आइतबारअघि मोदीलाई दिल्लीमा भेट्ने छैनन् । उनीहरुले भेटका लागि त्यहाँ रहेर आवश्यक तयारी गर्ने मात्रै एक नेताले बताए ।
यसैबीच आज दूताबासमा मधेसी दलका नेताहरु छलफलका लागि पुगेका छन् । दुताबासमा जानेहरुमा लक्ष्मणलाल कर्ण रामनरेश यादव महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको तीन दलसँगको वार्तामा नगएर उनीहरु दूताबास पुगेका हुन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

