Home » » होसियार ६ महिनाभित्र मधेस टुक्र्याउने यस्तो छ गोप्य योजना

होसियार ६ महिनाभित्र मधेस टुक्र्याउने यस्तो छ गोप्य योजना

पुस । संयुक्त मधेसी मोर्चाका नेता महन्थ ठाकुरले मधेस देशका लागि सबै हिसाबले योग्य भइसक्यो भन्ने अभिव्यक्ति दिए । उनको यो अभिव्यक्तिले मधेसी मोर्चासमेत मधेसलाई देशबाट टुक्र्याउने योजना त बुनिरहेको छैनन् ? भन्ने गम्भिर आशंका सर्वत्र उब्जिएको छ ।
मधेसवादी दलहरु भारतको गोटी बनेर मधेसलाई अलग देशको रुपमा स्थापित गर्ने भित्री योजनामा छन् भन्ने कुरा धेरै खालका स्रोतहरुले यसअघि दाबी गरेका थिए । हामीलाई यो पटक प्राप्त केही प्रमाणहरुले ती दाबीलाई सही नजिक डोहोर्याइदिएको छ । राजधानीमा वार्ताको नाटक गरेर नयाँ अड्को थाप्दै आएका मधेसवादी दलका केही नेताहरुको डिजाइनमा मधेसका भित्री गाउँहरुमा विखण्डनकारी आन्दोलन चर्किरहेको प्रमाण फेला परेको हो ।

मधेसवादी दलका नेता राजेन्द्र महतो, महन्थ ठाकुरलगायतका नेतासँग मधेसमै पटकपटक गोप्य छलफल गरिसकेका सिके राउतको नेतृत्वमा अबको ६ महिनाभित्र मधेसलाई देशबाट टुक्र्याउने गतिविधि तीव्र गतिमा सञ्चालन भइरहेको पाइएको हो । यो अभियानको नेतृत्व राउतको स्वतन्त्र मधेस गठबन्धनको नामबाट भइरहे पनि भित्री समर्थन र मिलेमतोचाहिँ मधेसवादी दलका केही नेताहरुको समेत रहेको स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार गाउँगाउँमा निर्वाचन गर्ने तथा मधेसमा आफ्नै सरकार गठन गरेर अन्तराष्ट्रिय मान्यताका लागि आह्वान गर्ने राउत नेतृत्वको समूहको बिखण्डनकारी योजना छ । मधेस आन्दोलनका कारण मधेसी मोर्चाका कार्यकर्ता नाकामा र नेताहरु राजधानीमा रहेको देखाएर गोप्यरुपमा मधेसका गाउँहरुमा भने विखण्डनकारी योजनाको तीव्र प्रचारप्रसार गरिएको छ ।

माओवादी जनयुद्धको शैलीमा धेरै गाउँहरुमा यो योजनाका अगुवाहरुको कब्जा नै जमाइरहेका स्रोतहरुले दाबी गरेका छन् । प्रहरी प्रशासनसमेत नाका र राजमार्ग क्षेत्रमा क्रियाशील रहेकाले भित्री गाउँहरुमा विखण्डनकारीहरुले बिना रोकटोक देश टुक्र्याउने अभियान चलाए पनि सरकार र मातहतका निकायले यस्तो गम्भीर राष्टविरोधी अभियान नियन्त्रणतर्फ चासो देखाएको छैन ।
गाउँगाउँ पुगेका बिखण्डनकारीहरुले माओवादीले जस्तै युवा दस्तासमेत धमाधम बनाइरहेको छ । युवा दस्तालाई विभिन्न ठाउँमा हतियारको तालिम समेत दिन थालिएको समाचार स्रोतको दाबी छ । शान्तिपूर्ण ढंगले मधेसलाई अलग्गै देश बनाउन खोज्ने, दमन भए हतियारसहित प्रतिकारमा उत्रने भन्दै युवाहरुलाई तालिममा सहभागी गराउने गरिएको स्रोतले बताएका छन् । सिके राउतसँग कार्यगत एकता गरेर गोप्य काम गरिरहेका मधेसवादी दलका नेता तथा स्वयम् राउतमाथि सरकारले कडा निगरानी राख्नुपर्ने आवश्यकता देखिएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}