Home » » नेपाली युवतीमाथि बलात्कारसहित हत्या गर्नेलाई मृत्युदण्ड

नेपाली युवतीमाथि बलात्कारसहित हत्या गर्नेलाई मृत्युदण्ड

काठमाडौं, पुस ७ । गत फेब्रअरीमा भारत हरियाणाको रोहतकमा एक नेपाली युवतीमाथि नृशंस बलात्कारसहित हत्या गर्ने सात अभियुक्तलाई राज्यको न्यायालयले मृत्युदण्डको सजाय सुनाएको छ ।

मानसिक रोगको उपचारका लागि बर्दिया राजापुरबाट रोहतकमा रहेका आफन्तकहाँ आएकी २८ वर्षीया सुनार युवतीलाई स्थनीय भारतीय र नेपाली कामदारले नजिकैको जंगलमा लगेर जघन्य बलात्कार गरेका थिए ।
बलात्कारपछि उनको यौनांगमा ढुंगा र फलामका टुक्रा हालेर यातनापूर्ण हत्या गरिएको समाचार आएपछि प्रहरी अनुसन्धानमा अभियुक्तहरु पक्राउ परेका थिए ।
हरियाणा राज्यमा विशेष अदालतकी न्यायाधीश सिमा सिंघलले सोमबार गरेको फैसलामा अभियुक्तहरु पदम, पवन, सुनिल, सरवर, राजेश, सन्तोष र मानवीरलाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ । (एजेन्सी)

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}