
|
|
सम्भोग पश्चात् हुने वीर्य स्खलनमा शुक्राणुको मात्रा करिव ५० प्रतिशत हुने अनुमान गरिएको छ । वीर्यमा शुक्राणुको मात्रा प्रति मिलिमिटर साढे सात करोडसम्म हुनु पर्दछ । कसैको करोडप्रति मिलिमिटर पनि हुन सक्छ । यसमा केही करोड तल–माथि परिरहेकै हुन्छ । वीर्य उत्पादन हुने मुख्य स्थान भनेको वीर्य ग्रन्थी नै हो भने शुक्राणु उत्पादन हुने स्थान अण्डकोष हो । अण्डकोषमा शुक्राणुहरु उत्पादन भएर शुक्रकिट नली हुँदै वीर्य ग्रन्थीमा मिसिन आइपुग्दछ । यस प्रकार वीर्य ग्रन्थीमा आइपुगेका शुक्रकिटहरु सम्भोग पश्चात् वीर्य स्खलन हुँदा सँगै स्खलित हुन्छन् । यसमा सम्झिनु पर्ने कुरा के छ भने वीर्य एक किसिमको चिल्लो पदार्थ मात्र हो भने शुक्राणु आँखाले देख्न नसकिने शुक्रकिट हो । स्खलन हुँदा शुक्राणु वीर्यसँगै मिसिएर आउन पायो भने मात्र महिलाले गर्भधारण गर्न सकिन्छ शुक्रकिट चाहिं आएन, केवल वीर्य मात्र स्खलन भयो भने गर्भको सम्भावना नै हुँदैन । शुक्राणु हुँदाहुँदै गर्भधारण हुन सक्छ भन्ने छैन ।
यसको क्षमता र गतिशीलताको पनि उत्तिकै प्रभाव परेको हुन्छ । यसमा शुक्राणु उत्पादन हुँदा कसरी प्रभाव परिरहेको हुन्छ भन्ने विषयमा उल्लेख गर्न लागिएको छ । अण्डकोषमा शुक्राणु उत्पादन हुने क्रमलाई प्रभाव पार्ने केही फरक तत्वहरु छन् । सर्वप्रथम अण्डकोषमा विकिरणको प्रभाव पर्यो भने शुक्राणु उत्पादनमा ह्राश आउन सक्छ । जस्तो अनावश्यक रुपमा धेरै एक्सरे गर्नु, क्यान्सरका लागि प्रयोग गरिने केमोथेरापी तथा किटनाशक औषधिको अत्यधिक प्रयोगबाट पनि अण्डकोषमा हुने शुक्राणु उत्पादनमा प्रभाव पर्न सक्छ । त्यस्तै, नशालु औषधिको सेवन मद्यपान तथा धुम्रपानले पनि शुक्राणुको उत्पादनमा असर पार्दछ । किटनाशक औषधिले पार्ने असर अस्थायी मात्र हुन्छ । यसको संसर्गमा नआएपछि स्वतः असर कम हुँदै जान्छ । तर नशालु पदार्थ तथा धुम्रपान, मद्यपानको सेवनबाट पार्ने असर भने दीर्घकालीन रुपमा हुन सक्छ । जो मानिसले यस्ता व्यवहारिक कुराहरु बुझेका छैनन् भने बुझेका मानिसले नबुझेका मानिसलाई परामर्श दिनु पनि कर्तव्य हो । हेरोइन, मरफिन जस्ता नशालु औषधिको प्रयोगले पुरुष हारमोन टेस्टोस्टेरोनको स्तरलाई घटाउँछ । रेस्टोस्टेरोनको स्तर घट्नुको अर्थ भनेको प्रत्यक्ष मात्रामा शुक्राणु उत्पादन घट्नु हो । मादक पदार्थ सेवनको लत बसिसकेपछि पनि यो समस्या उत्पन्न हुन सक्छ । यसको ठीक विपरीत धुम्रपान गर्नेहरुमा भने वीर्यमा शुक्राणु धेरै कठिनपूर्वक मात्र तैरन सक्छ नत्र कत्रेर त्यतिकै बस्दछ । यस कारणले गर्दा शुक्राणुको गतिशीलतामा भारी कमी आउँछ । यस्तो अवस्थामा धेरै कम शुक्राणु मात्र उर्वरक हुन्छन् । धेरै ज्वरो आएको अवस्थामा सन्तान जन्माउने उद्देश्यले यौन सम्पर्क गर्नु पनि ठीक हुँदैन । शुक्राणुको संख्या घटाउने क्रममा मानसिक तनाव र असुरक्षाका भावनाले पनि निकै असर पुर्याइरहेको हुन्छ । शुक्राणुको उत्पादनमा असर पुर्याउने खालका अन्य अवस्थाका बारेमा कुरा गर्र्नु पर्दा प्रथमतः अण्डकोष ग्रन्थी जसको शुक्राणु उत्पादन गर्ने क्षमता नहुनु हो भने दोस्रोमा शुक्रकिट नलीमा अवरोध आउन सक्नु हो । परिवार नियोजन गरेको पुरुषहरुलाई गरिने स्थायी उपाय भ्यासेक्टोमी गर्दा पनि केवल शुक्राणु आउने शुक्रकिट नलीलाई मात्र काटेर बाँध्ने काम गरिन्छ । अण्डकोषको दुवै ठाउँबाट दुई वटा शुक्रकिट नलीहरु वीर्य ग्रन्थीसम्म पुगेका हुन्छन् । यी शुक्रकिट नलीको मुख्य काम शुक्राणुहरुलाई यसको बाटो हुँदै वीर्य ग्रन्थीसम्म पुर्याउनु हो । भ्याक्सेटोमी गर्दा यही शुक्रकिट नलीको बाटो भएर शुक्राणु जाने–आउने क्रमलाई बन्द गरिन्छ । शुक्रकिट नलीलाई बीचमा यसरी बन्द गरेपछि वीर्य ग्रन्थीमा शुक्राणु पुग्ने कार्य बन्द हुन्छ । अब सम्भोग गर्दा केवल वीर्य तरल पदार्थ मात्र सदाझैं स्खलन हुने काम हुन्छ र वीर्यसँगै शुक्रकिट भने हुँदैन । जसको कारण गर्भधारण हुन सक्दैन ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

