Home » » कहिले हुने भो चीनसँग इन्धन सम्झौता ?

कहिले हुने भो चीनसँग इन्धन सम्झौता ?

१५ पुस, काठमाडौं ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा आर्थिक सम्बन्ध विस्तारसम्बन्धी दीर्घकाली योजनामा सम्झौता हुने बताएका छन् । चीनको पाँचदिने भ्रमणबाट मंगलबार फर्किएका उपप्रधानमन्त्री थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री ओलीलाई चीनले भ्रमणको निम्तो दिइसकेको खुलासा गरे । उनले इन्धनसम्झौता पनि प्रधानमन्त्री ओलीको भ्रमणकै क्रममा हुने जानकारी दिए ।

‘दीर्घकालीन रुपमा इन्धन व्यापारका लागि कर, यातायात, मूल्य आदिको विषयमा सम्बन्धित निकायले आपसमा छलफल गरेर तय गर्ने सहमति भएको छ,’ थापाले भने । उनले आफू भने इन्धन सम्झौताका लागि चीन नगएको जिकिर गरे । आजको नागरिक दैनिकमा खबर छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}