
|
|
बागलुङ उद्योग बाणीज्य संघको १६ औ अधिबेशनको मिति नजिकिदै जाँदा चुनावी सरगर्मी बढ्दै जान थालेको छ । नयाँ नेतृत्वका लागि आंकाक्षी उम्मेदवारहरुले आ–आफ्नै किसिमले चुनावी प्रचार शुरु गरेका छन् । नयाँ नेतृत्वका लागि संघका निवर्तमान अध्यक्ष धुव्रराज गौतम, दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालेका जयराम भारी र बरिष्ठ उपाध्यक्ष युवाराज राजभण्डारीको चर्चा छ ।
उनीहरुले जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा पुगेर त्यहाँका व्यावसायीसँग आ–आफनो प्यानललाई विजयी बनाउन आग्रह गरेका छन् । अध्यक्षका उम्मेदवार भारी चुनावी प्रचारका क्रममा बुधबार बुर्तिबाङ बजारमा भेटघाट गरी कुश्मिशेरामा पुग्नुभएको छ भने अर्का उम्मेदवार गौतम जिल्लाको दक्षिण कुश्मिशेरा बजारमा व्यावसायीसँग भेटघाट गरी बागलुङ बजारमा व्यावसायीसँगको भेटघाटमा व्यस्त हुनुभएको छ । अर्का उम्मेदवार राजभण्डारीले पनि बजार भित्रका व्यावासयीसँग आफ्नो पक्षमा समर्थन जुटाउन व्यस्त हुनुभएको छ ।
उम्मेदवार गौतमले विं.स २०६३ देखि २०६६ सालसम्म उद्योग वाणिज्य संघको नेतृत्व गरिसक्नु भएको थियो । उद्योग वाणिज्य संघलाई राजनीति भन्दा माथि उठाएर जिल्लाको विकास निर्माणलाई तिव्र गति प्रदान गर्दै उद्यमी व्यावसायिलाई थप सबल र सक्षम बनाउने उद्देश्यले आफूले उमेदवारी दिने तयारी गरेको गौतमले बताउनुभयो । आफुलाई बैचारिक हिसावले पार्टी भित्र र फरक विचारका व्यावसायिहरुको पनि समर्थन रहेको गौतमको दावी रहेको छ ।
दुई कार्यकाल महासचिव भएर कार्यभार सम्हाल्नुभएका महासचिव भारीले जिल्लाको विकास निर्माणमा मध्यस्तकर्ताको भूमिका निर्वाह गरी आर्थिक विकासलाई तिव्रता दिनका साथै जिल्लालाई धार्मिक तथा पर्यकीय रुपमा विकास गर्न आफ्नो उमेदवारी रहेको बताउनुभयो । आफ्नो उमेदवारी कुनै पार्टी विशेष नभएर व्यावसायीको तर्फबाट हुने उहाँको भनाई छ ।
विगतका निर्वाचनमा पटक– पटक नेतृत्वको दावी गरेपनि बरिष्ठ उपाध्यक्ष बन्नुभएका राजभण्डारीले संघमा हालसम्म नेतृत्व प्रदान गर्नेले ल्याएको नीति तथा कार्यक्रमले जिल्लाको समग्र विकास गर्न असफल भएकाले नयाँ दृष्टिकोण र सुधारको लागि आफ्नो उमेदवारी हुने बताउनुभएको छ । विगतमा राप्रपामा रहँदा पार्टीकै कारण आफुले नेतृत्व त्याग्नु परेको उल्लेख गर्दै राजभण्डारीले यस पटक नेपाली कांग्रेसमा रहेको र पार्टीको निर्देशनअनुसार अगाडी बढ्ने बताउनुभयो । गौतम, भारी र राजभण्डारी तिनै जना उमेदवार बैचारिक हिसावले नेपाली कांग्रेस निकट मानिनुहुन्छ ।
अधिवेशनको आगामी मंसिर २१ गते उपप्रधान, सहकारी तथा गरीबी निवारण मन्त्री चित्रबहादुर केसीले उद्घाटन गर्नुहुने कार्यक्रम छ । अधिवेशनको उद्घाटन २१ गते भए पनि निर्वाचन भने मंसिर २६ गते हुने बागलुङ उद्योग वाणिज्य सघंका अध्यक्ष बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
संघमा हाल मतदान अधिकार भएका १ हजार ३१ पुराना र नयाँ २९५ गरी १ हजार ३ सय २६ जना साधारण सदस्य रहेका छन । नयाँ सदस्यले विधानतः मतदान अधिकार नहुने उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो । अधिवेशनले अध्यक्ष सहित १९ जना सदस्य प्रत्येक्ष निर्वाचित गर्ने छ । जसमा १४ जना खुल्ला, २ महिला र २ उद्यमी रहने छ । निर्वाचित समितिले पछि निर्वतमान अध्यक्ष १ र मनोनित ४ गरी २४ सदस्यीय समिति गठन हुने छ ।
Source: Nepalsanchar

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

