
|
|
काठमाडौं, ४ पुष – शनिबार बिहानै देखि तनावग्रस्त बनेको पर्साको वीरगञ्जमा आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन् । संघीय सीमांकन हेरफेरको मुख्य माग राखेर आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भइरहेका बेला प्रदर्शनकारीले सुरक्षाकर्मी माथि पेट्रोल बम प्रहार गरेका बताइएको छ । प्रदर्शनकारीले सवारी साधानमा आगो लगाउन थालेपछि हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरेका प्रहरीमाथि मोर्चा कार्यकर्ताले पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ ।
केही दिन यता शान्त देखिएको मधेशमा मोर्चाले आन्दोलन कडा बनाउने निर्णय गरेसँगै फेरि उग्रप्रदर्शन र झडप हुन थालेको छ । यता रौतहटको गौरमा पनि भर्खरै गोली चलेको छ । प्रहरीमाथि मोर्चाका कार्यकर्ताहरुले ढुङ्गामुढा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाइ फायर गरेको छ भने केही केही सेल अश्रुग्याँस प्रहार गरेको छ । अहिले पनि पर्साको वीरगञ्ज र रौतहटको गौर तनावग्रस्त बनेको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

