Home » » दाहिनेतर्फ फर्केर सुत्ने बानी निकै खतरनाक

दाहिनेतर्फ फर्केर सुत्ने बानी निकै खतरनाक

कुशल श्रेष्ठ
मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा निन्द्राको ठूलो भूमीका रहेको हुन्छ। साथै, सुत्ने समय र सुत्ने तरिकाले पनि तपाईँको स्वास्थ्यमा उत्तिकै भूमीका खेलिरहेको हुन्छ। सुत्ने तरिकाले तपाईँकै स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ, साथसाथै तपाईँको छालालाई स्वस्थ बनाउन र पाचन प्रक्रियालाई सहज बनाउनको लागि आफ्नो सुत्ने तरिकालाई सुधार्नु जरुरी हुन्छ।

कुन साइड फर्केर सुत्ने भन्ने कुराले धेरै प्रभाव पर्दछ
सुत्ने धेरै तरिकाहरू छन्- ढाड तर्फबाट, छाती तर्फबाट, दायाँ फर्केर र बायाँ फर्केर- र यो सबैले तपाईँको स्वास्थ्यमा असर गर्दछ। माथि फर्केर अथवा ढाड तल पारेर सुत्नु विशेष गरी दम भएकाहरूको लागि खतरनाक हुन्छ, किनकी यसरी सुत्दा तपाईँको स्वासप्रश्वासमा बाधा पुर्याउँदछ। तथापि उत्तानो परेर सुत्नु सबैभन्दा उत्तम मानिन्छ।
दाहिने फर्केर सुत्नाले तपाईँको पाचन प्रक्रियालाई बिगार्दछ, ग्यास्ट्रिक बढ्छ भने देब्रे फर्केर सुत्नाले भित्रीअंग कलेजो, पेट, फोक्सोमा दबाब पुग्छ तर पाचन प्रक्रिया भने सुधर्छ। गर्भवति महिलालाई रक्तस्राव कम होस भनि देब्रे फर्केर सुत्न सल्लाह दिने गरिन्छ।

देब्रे फर्केर सुत्नुका फाइदा
देब्रे फर्केर सुत्दा स्वास्थ्य स्थितीमा सुधार हुने र मानिसको जीवन पनि बच्न सक्ने चिकित्सकहरूको धारणा रहेको छ। हलिस्टिक चिकित्साविधीमा, शरीरको देब्रे भागलाई लसीका (Lymphatic) को प्रवल पक्ष मानिन्छ, र देब्रे तर्फ फर्केर सुतेको बेला तपाईँको शरीरले विषादी, लसीका तरल पदार्थ (Lymph fluid) र फोहोरहरूलाई फिल्टर गर्न बढी समय पाउँदछ। थोरासिक डक्ट (thoracic duct) र लसीका नोडको सहायताले यो फिल्टर कार्य भैरहेको हुन्छ।
तर, दाहिने फर्केर सुत्नाले तपाईँको लसीका प्रणाली (lymphatic system) ले ढिलो काम गर्दछ, र यस्तो हुनु खतरनाक मानिन्छ। किनभने, यसरी ढिलो काम गर्ने लसीका प्रणालीले तपाईँको शरीरमा भएका विषादीहरूलाई फिल्टर गर्न सक्दैन र लसीका तरल पदार्थलाई शरीरभरी फैलाउन असमर्थ हुन्छ। यसरी शरीरमा विषादी जम्मा हुँदै गएपछि खतरनाक समस्याहरू आउन सक्छन्। विहान उठ्दा आलस्य हुने, पेट दुखेजस्तो हुने, नराम्रो डकार आउने र बेलुका खाएका कुराहरू नपचेको जस्तो हुने समस्याहरू निम्त्याउने कारण नै दाहिने फर्केर सुत्नु हो। दिनदिनै यस्ता समस्याहरू आउन थाल्यो भने तपाईँको मानसिक तथा शारीरिक स्वास्थ्यमा प्रतिकूल असर पर्दछ।

लसीका प्रणाली भनेको के हो?
लसीका प्रणाली भनेको शरीरको सञ्चार प्रणालीको एक महत्वपूर्ण अङ्ग हो साथै प्रतिरक्षा प्रणालीको अत्यावश्यक भाग हो। यो लसीका प्रणाली विभिन्न लसीका वाहिका (lymphatic vessels) हरूको समग्र नेटवर्कले बनेको हुन्छ जसले लसीका तरल पदार्थ (lymph fluid) लाई (‘लिम्फ’- ल्याटिन भाषामा ‘पानी’) मुटुको दिशातर्फ पुर्याउने काम गर्दछ।Lymphatic System

महिला शरीरको लसीका प्रणाली
देब्रेतर्फ फर्केर सुत्ने बानी सिक्नुहोस्-
यदि तपाईँलाई देब्रेतर्फ फर्केर सुत्ने बानी छैन र यो बानी कसरी बसाल्ने भन्ने बारे सोच्नुभएको छ भने ढुक्क हुनुहोस्। केही समय लाग्न सक्छ तर यसको अभ्यास गर्नुभयो भने तपाईँको शरीरले यो बानी सजिलै सिक्न सक्छ। केही टिप्सहरू यसप्रकार रहेका छन्ः
देब्रेतर्फ फर्केर पल्टिनुहोस् र पछाडि पट्टी पुरै ढाडलाई पुग्ने गरी सिरानी अथवा सिरक राख्नुहोस्। यसो गर्दा राती अर्को तर्फ फर्किने सम्भावना कम रहन्छ।
तपाईँको खाटको दिशा पनि परिवर्तन गर्न सक्नुहुन्छ, यसो गर्दा पनि देब्रेतर्फ फर्केर सुत्न मद्दत पुग्दछ।
अर्को चलाख उपाय भनेको तपाईँको दाहिने तर्फ मधुरो बत्ती बालेर राख्नु हो। साधारणतयाः सुतेको बेला तपाईँको शरीर उज्यालो तर्फ फर्किन चाहँदैन र देब्रेतर्फ फर्किएर सुत्न सहज हुने गर्दछ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}