Home » » भारतले साथ छाडेपछि आन्दोलनलाई तिब्र पार्न मधेसी मोर्चाले अब चीनलाई गुहार्ने : [भिडियो सहित]

भारतले साथ छाडेपछि आन्दोलनलाई तिब्र पार्न मधेसी मोर्चाले अब चीनलाई गुहार्ने : [भिडियो सहित]

भारतले साथ छाडेपछि आन्दोलन सफल पार्न मधेसी मोर्चाले सहयोगी विकल्प खोज्न सुरु गरेको छ । भारतको सहयोगमा गर्दै आएको नाकाबन्दी र आन्दोलन फितलो भएको भन्दै भारतले बन्द रहेको वीरगंज नाका पनि चाँडै खोल्ने संदेश दिएपछि मधेशी मोर्चाका नेताहरू अत्तालिएका छन् । आफ्नो एउटा पनि माग पुरा भए बिना नै आन्दोलन समाप्त हुने देखिएपछि राजनीतिक जीवननै धरापमा पर्ने निष्कर्षसहित मोर्चाका शीर्ष नेताहरूले जसरी पनि आन्दोलन जारी राख्न भारतको बिकल्प खोज्नतिर लागेका हुन् ।
भारतले नेपालमा आफ्नो गुमेको साख जोगाउन कुनै पनि बेला मधेशी मोर्चालाई धोका दिन सक्ने संकेत पाउना साथ चिन्तित देखिएका मोर्चाका नेताहरू उत्तरी छिमेकीलाई गुहारेका छन् । यसै मौकाको खोजीमा रहेको चीनले पनि मोर्चाका नेतालाई महत्व दिन थालेको छ । मधेशी मोर्चामा भारतप्रति सबैभन्दा बढी बफादार रहेका महन्थ ठाकुरलाई नै प्रयोग गरेर चीनसंगको आफ्नो सम्बन्ध विस्तारमा मोर्चा लागि परेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पहिलेदेखि नै चिनियाँ सम्पर्कमा रहेको र चीनसँग राम्रो सम्बन्ध रहेका नेता हुन् । मधेशी मोर्चामा भारतभन्दा बढी चीन नजिक रहेकोले यसै सम्पर्क र सम्बन्धको फाइदा उठाउँदै फोरम अध्यक्ष यादवले मोर्चाका संयोजकको हैसियतमा तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई भेटघाटको अवसर जुटाई दिएका हुन् । आफू मात्र भेटघाट गरे त्यसको नकारात्मक सन्देश जाने र महन्थ ठाकुरले भेटे भारतलाई साईजमा ल्याउन सक्ने आकलन गर्दै उपेन्द्रले महन्थलाई अगाडि सारेका हुन् ।

दिल्ली भ्रमणबाट संगै फर्केका उपेन्द्र र महन्थले काठमाडौ ओर्लिना साथ चीनसँग आफ्नो सम्पर्क र सम्बन्ध बढाउने निष्कर्षमा पुगेका थिए । आफैले गरेको नाकाबन्दीमा फंसेको भारत जसरी भएपनि यसबाट निस्किने उपाय खोज्दै छ । आफ्नो दिल्ली भ्रमणको निचोड नै यही रहेको र आउने दिनमा भारतकै भरोसामा आन्दोलन र नाकाबन्दी हुन नसक्ने निष्कर्ष दुई नेताले निकालेका थिए । महन्थ भन्दा पनि उपेन्द्र यादव भारतीय संस्थापन पक्षसंग असन्तुष्ट रहेको र आफ्नो स्वार्थ सिद्धिका लागि मधेशी मोर्चालाई प्रयोग मात्रै गरिरहेको कुरा उपेन्द्र यादवले आफू नजिकको पार्टीका शीर्ष नेतालाई जानकारी गराएका थिए । त्यही भएर होला दिल्ली भ्रमण सकिएर नेपाल फर्किए लगत्तै मधेशी मोर्चाका नेताहरूको चिन्ता स्पष्ट देखिने गरेका छन् ।

दिन प्रतिदिन आन्दोलन खुकुलो हुंदै गएपछि र नाकाबन्दीको नाममा पनि उपस्थिति शुन्य हुंदै गएपछि भारतले वीरगंज नाका चांडै खोलि दिने कुरा कुटनीतिक च्यानल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि अवगत गराई सकेको छ । मंगलवार राति नै भारतीय राजदूत रञ्जीत रे बालुवाटार छिरेका थिए ।

त्यसको भोलि पल्ट नै उपेन्द्र यादवले चिनियाँ राजदूत वु चुन्ताई र महन्थ ठाकुर बीच भेटको साईत जुराई दिएका थिए । तमलोपा केन्द्रीय कार्यालय बिजुली बजारमा भएको भेटमा चीनले पहिलो पटक मधेस आन्दोलनप्रति आफ्नो समर्थन जनाएको दाबी गरिएको छ । साथै चीनले आन्दोलनमा आफूले सघाउने संकेत पनि गरेको थियो । भेटवार्ताका क्रममा चिनियाँ राजदूत चुन्ताईले मधेशी नेताहरूको दिल्ली भ्रमणबारे चासो राखेका थिए । भारतले नेपालमा आफ्नो साख गुमाएकोले पुरानो अवस्था ल्याउन मधेससँगको आफ्नो निकटता विस्तारै कम गर्दै लैजाने नीति अख्तियार गरेको छ ।

संसदमा सरकारद्वारा प्रस्तुत गरिएको संविधान संशोधन विधेयक पारित भएकै दिन बीरगंज नाका जसरी पनि खोलाउने आन्तरिक सहमति भारतीय पक्ष र सरकार बीच भएको कुरा मोर्चाका नेताको लागि ठूलो टाउको दुखाई भएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}