Home » » भारत निकट नेपाली नेताहरूको दील्ली सम्मेलन, को को गए भारत ?

भारत निकट नेपाली नेताहरूको दील्ली सम्मेलन, को को गए भारत ?

समाचार टिप्पणी 
१८, मंसिर काठमाडौ । 
बिहीबार कमल थापा भारतबाट नाकाबन्दी हट्ने विषयमा आश्वस्त हु“दै नेपाल आएपछि नेपालमा रहेका भारत निकटका नेताहरू धमाधम दील्ली पसेका छन् । कतिपय नेता दील्ली पुगीसकेका छन् भने केही जाने क्रममा छन् । दुईमहिना लामो नाकाबन्दीपछि भारत र नेपालबिच भित्री लेनदेन मिल्न लागेको संकेत पाउंदासहित यसलाई भा“ड्न केही नेपाली नेताहरू दील्ली उडेका हुन् । तत्काल भारतीय नाकाबन्दी हटे आफ्ुहरूको आन्दोलन धरापमा पर्ने देखेपछि दील्ली निकटस्थहरू तत्काल नाकाबन्दी हटाउन नहुने पक्षको राय राख्न र नयां गठबन्धन कायम गर्न दील्ली उडेको बुझिएको छ । 

को को छन् दील्ली सम्मेलनमा भाग लिने ? 
भारत परस्तको आरोप खेप्दै आएका र नयांशक्तिका नामा त्यसलाई पुष्टी गर्नेगरी पार्टी छाडेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला दील्लीमा छन् । उनी शुक्रबार बिहान सुटुक्क दील्ली उडेका हुन् । 

विश्वबैंकको कार्यक्रममा भाग लिन भनिएपनि उनले त्यहा“ प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री शुष्मा स्वराज लगायतका उच्च नेतालाई भेटघाट गर्ने बताइएको छ । यसैगरी भारत निकट मानिएका अर्का नेता विमलेन्द्र नीधी पनि दील्ली गइसकेका छन् । यता नेपालमा मेधस आन्दोलन चर्काइरहेको मधेशी मोर्चाका शिर्ष नेता पनि सनिबार दील्ली उड्दै छन् ।

मधेशी मोर्चाका नेताहरूले मधेश आन्दोलनका बारेमा मोदीलाई ब्रिफिङ गर्ने बुझिएको छ । यसैपनि आफैले जारी गरेको संविधानको विरोध गरेर मधेसी मोर्चाको आन्दोलनलाई समर्थन गर्दै मोर्चासंग एकता गर्न लागेका बाबुराम भट्टराई र मेधसी नेता तथा नीधिको दील्ली दौडलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् । उनीहरु भारत गइ अहिले नाकाबन्दी हटाउंदा मधेश आन्दोलन तुहिने, नयां शक्ति अभियान धरापमा पर्ने भएकाले पनि केहीदिन भारतलाई नाकाबन्दी लंब्याउन अनुनय गर्ने तयारीमा रहेको बुझिएको छ । 

दील्लीको ग्रिन सिंग्नल रोक्ने अन्तिम प्रयास 
शुक्रबार सा“झ बालुवाटारमा मधेसी मोर्चा र तीनदल, सरकारबिच वार्ता हुने तय भएको थियो । तीनदल र सरकार वार्ताका लागि मोर्चालाई कुरिरह“दा मोर्चाका नेताहरु बालुवाटार नगएर सिधै दुताबासमा छिरे । दुताबासको छलफलपछि उनीहरुले दील्लीको तयारी गरेका छन् । भारतले अहिले संसदमा पेश भएको विधेयक अगाडी बढाउने र पछि राजनीतिक संयन्त्रले सिमांकनका मुद्धा टुंगाउन आग्रह गर्दै नाकाबन्दी हटाउने ग्रिन सिग्नल दिएपछि मोर्चाका नेताहरुले त्यसलाई स्विकार गर्न नसकिने भन्दै दुताबास र दील्लीमा अनुनय गरेको स्रोतको दाबी छ । सिंमांकन बिना आन्दोलन नरोक्ने अडान लिएको मोर्चाले भारतको ग्रिन सिंग्नलले आन्दोलन बद्नाम हुने भन्दै त्यसलाई रोक्न अन्नितम प्रयास गरिरहेका छन् । उता मुलुक संक्रमणमै रहेका बेला नयांशक्तिका नारा लगाएर आफ्नो संगठन बनाउने खेल खेलिरहेका बाबुराम भट्टराईपनि संक्रमण टुंगिए नयां शक्तिले हावा खानसक्ने विश्लेषण गर्दै मोर्चाका लागि भन्दै केहीदिन भएपनि नाकाबन्दी नखोल्न आग्रह गर्ने बुझिएको छ । उता कांग्रेस नेता विमलेन्द्र नीधिले भौतिक योजना मन्त्री छ“दा सरकार छाड्ने अन्तिम अवस्थासम्म पनि फाष्ट ट्याक भारतलाई दिन प्रयास गरेपनि त्यसमा सफल भएका थिएनन् । फाष्टट्याकबाट भारतलाई गुन लगाउन नपाएका नीधीपनि अहिलेको सत्ता गठबन्धनलाई असफल बनाउनकै लागि भएपनि नाकाबन्दी लम्ब्याउन चाहन्छन् । यसरी बाबुराम भट्टराई, मधेशी मोर्चा र नीधिको दील्ली उडान र दील्ली भेटघाट सम्मेलनलाई निकै नै अर्थपूर्ण रूपमा हेरिएको छ । नाकाबन्दी हट्ने आश्वासन पाएको सरकार पनि उनीहरुको दल्लीभ्रमणबाट संशंकित बनेको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}