
|
|
काठमाडौँ , १६ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नकाबन्दी खुल्ने संकेत गर्दै ट्वीट गरेका छन् । महिनौँदेखि नेपालका विषयमा एउटा पनि ट्विट नगरेका मोदीले आज १० मिनेट भित्र ३ वटा ट्विट गरेर त्यस्तो बताएका हुन् ।
मोदीले आफ्नो पहिलो ट्वििटमा नेपालीलाई नयाँ वर्षको शुभकामना दिएका छन् । त्यस्तै अर्को ट्वीटमा उनले नेपालमा राजनीतिक समस्या समाधानका लागि सहमतिमा जोड दिने विषयमा आफुले नेपालमा कुराकानी गरीरहेको बताएका छन् ।
त्यस्तै अर्कोमा मोदीले नेपालमा राजनीतिक समस्या समाधानका लागि सहमतिमा जोड दिँदै नेपालका प्रधानमन्त्रीसँग टेलीफोन वार्ता भएको र नाकाबन्दी खुल्ने विषयमा पनि कुराकानी भएको ट्वीटमा उल्लेख गरेका छन् । मोदी आजै प्रधानमन्त्री ओलीसँग १० मिनेटभन्दा लामो समयसम्म वार्ता गरेका थिए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |


