Home » » विप्लव माओवादीद्धारा डिस होमको कार्यालयमा बम प्रहार

विप्लव माओवादीद्धारा डिस होमको कार्यालयमा बम प्रहार

१ पुस, काठमाण्डौं ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट अलग्गिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले टेलिभिजन प्रसारक डिसहोमको कार्यालयमा पेट्रोल बम प्रहार गरेका छन् ।
उनीहरुले ललितपुरको भैंसेपाटीस्थित अर्थ स्टेशनमा पेट्रोलबम प्रहार गरेका हुन् । बुधबार एका बिहानै सवा ६ बजे लगभग आधा दर्जनको संख्यामा त्यहाँ पुगेका नेकपा माओवादीका कार्यकर्ताले अर्थ स्टेशनमा पेट्रोल बम हानेका हुन् ।
बम प्रहारपछि डिस होमको प्रसारण बन्द भएको छ । डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले टेलिभिजन प्रसारण बन्द भएको र वैकल्पिक उपायमार्फत पुनः प्रसारणको तयारी भइरहेको जनाएको छ ।

नेकपा माओवादीले सो घटनाको जिम्मेवारी समेत लिएको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्माले भारतीय टेलिभिजन च्यानलको प्रसारण रोक्न पटकपटक गरिएको आग्रह बेवास्ता गरेकाले चेतावनी स्वरुप आक्रमण गरिएको बताए । डिसहोमले अटेर गरे अझै उच्चस्तरको कारबाही गर्ने विश्वकर्माको चेतावनी छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}