Home » » दुबई मा जिते धरान बाँझोघराका दिपक बर्देवाले बीएमडब्लु कार

दुबई मा जिते धरान बाँझोघराका दिपक बर्देवाले बीएमडब्लु कार

दुबई – भाग्यमा छ भन्दैमा सुतीसुती खान पुग्दैन् । तर, जब पसिना बगाउँदा बगाउँदै जीवनमै नसोचेको ठूलै उपलब्धि हात लाग्छ तव भन्न कर लाग्छ, भाग्यमा लेखेर अाएपछि कसैको केही लाग्दैन् । यस्तै भयो दुबर्इमा कार्यरत एक धराने युवकलार्इ ।धरान-१६ बाँझोघराका दिपक बर्देवाले पाँच वर्ष दुबईको एक कम्पनीमा काम गर्दा पनि आफ्नो आर्थिक स्थिति उकास्न सकेका थिएनन् । उनै बर्देवाले दुबईको अल मदिना सुपरमार्केटमा सपिङ गरेको ६ सय ५० दिराम्सको भौचरले करिब ३४ लाख नेपाली रुपैयाँ बराबरको बीएमडब्लु कार प्राप्त गरेका छन् ।

छुटीमा घर जाने साथीको साथमा पठाउन भनी उनले केही महिनाअघि मोबाइल, चक्लेट र केही उपहारहरु खरिद गरेका थिए । त्यो सपिङले नै उनको भाग्य चम्काइदियो । दुबईको हाइपरमार्केटको दुनियाँमा चर्चित अल मदिनाले आफ्ना ग्राहकलाई १२ वटा बीएमडब्लु लक्की ड्रमा राखेकोमा पहिलो चरणमा दुई पाकिस्तानी, एक भारतीय नागरिकसँगै दिपक बर्देवाले पनि उपहार प्राप्त गरेका हुन् ।
उपहार पाएपछि दिपकले खुसी प्रकट गर्दै सबै नेपालीहरुलाई निरन्तर प्रयास गरिरहन सुझाव दिएका छन् । उनले पनि विगत पाँच वर्षदेखि हरेक मार्केटको उपहार कार्यक्रममा सहभागी भएको बताए । यहाँका अघिकांश सुपरमार्केटहरुले आफ्ना ग्राहकहरुलाई आकषिर्त गर्न लाखौंको आर्थिक पुरस्कार, एक केजीदेखि ५ केजी सुन र विभिन्न ब्रान्डका गाडीहरु लक्की ड्रमा राखेको पाइन्छ । निश्चित रकमको सपिङ गरेपछि जोकोहीले आफ्नो वास्तविक नाम, राष्ट्रियता, स्थान र आफ्नै नाममा जारी भएको मोबाइल नम्बरका साथ निःशुल्क सहभागी हुन सकिन्छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}