
|
|
आफूलाई मन परेकी जीवन साथी रोज्ने र उनैसँग जीवन बिताउने सपना प्राय सबैले देखेकै हुन्छन् । तर, सबैले आफूले खोजेजस्तो जीवनसाथी नपाउन सक्छन् भने कतिले आफ्नै गल्तिका कारण आफुले मन पराएको तथा भेटेको मान्छेलाई समेत जीवन साथी बनाउन बाट वञ्चित भएको अवस्था पनि धेरैकोआएको हुन सक्छ ।
आफुले थाहा नै नपाउने गरी आफुले मन पराएको युवतीसँग गरेको कुराकानीले तपाईलाई ऊबाट टाढा बनाएको पनि हुन सक्छ । त्यसैले तपाईले आफुले मन पराएको युवतीसँग गर्ने कुराकानीका क्रममा धेरै कुराहरू विचार गर्नुपर्ने हन्छ । झन् पहिलो भेटमा तधेरै कुराहरू विचार गर्नुपर्ने हुन्छ । पुरूषले सकेसम्म महिलालाई आफूतिर आकर्षित गर्न आफ्ना कुरा गर्ने तरिका तथा आफू प्रस्तुत हुने तरिकाका बारेमा सजग हुनु जरूरी हुन्छ ।
यसरी सजग हुनुपर्ने केही टिप्सहरू यस्ता छन्… - पहिलो भेटमा सकेसम्म युवतीलाई उनलाई किस गर्ने कुरा मनमा नै नल्याउनु बेस । केही उदार देखिन युवतीले हुन्छ भनेपनि उनको मनमा के लाग्छ भने यो युवकमा महिलाप्रति आकर्षण छैन् र युवकले आफूलाई पछी वेवास्ता गर्न सक्छ भन्ने मनमा पर्छ र भविष्यमाउनले उक्त पुरूषलाई नो भनेर पर भाग्न सक्छिन् । - युवकले सुरूवातका भेटमा नै युवतीलाई डेटका लागि कतै (ठाऊँ नखुलाई) जाने प्रस्ताव गर्नुपनि उपयुक्त हुँदैन । युवतीले यस्ता युवकलाई पनि मन नपराउने सम्भावना बढी रहन्छ । यसको सट्टामा बरू हामी कतै फ्रेस हुने ठाऊँमा जाऊ न… तिम्रो मोबाइल नम्बर कति हो, हामी यो ठाऊँमा जान सक्छौ भनेर सोध्नु राम्रो मानिन्छ । - कहिल्यै पनि युवतीका अगाडि आफ्नो बारेमा फुर्ती लगाउनु हुँदैन । आफ्नो घर परिवार, गाडि, बंगलाका बिषयमा कुनै कुरा भन्नु राम्रो हुँदैन । युवतीलाई आकर्षित गर्ने नाममा गरिने यस्ता कार्यले झन् विकर्षण पैदा गर्न सक्छ । - सकेसम्म युवतीलाई तिमी रातमा के गर्दैछौ भनेर सोध्नु पनि राम्रो हुँदैन । - युवतीलाई आफू कस्तो लाग्यो, म मन परे की परिन जस्ताप्रश्न सोध्नु पनि हुँदैन । यसले युवतीले युवकमाआफैमा आत्मविश्वास छैन् भन्ने अड्कल काट्न सक्छिन्। - युवतीलाई आफ्नो मेसेजको रिप्लाई नगरेको या रिप्लाई गर्न किन ढिलो गरेको भनेर सोध्नु पनि राम्रो मानिन्न । यसरी प्रश्न सोध्दा युवतीले आफूलाई उसले आफूले के गरिरहेको छ भन्ने युवकले विचार गर्ने गरेको र पछी आफूलाई दवाउन सक्ने सम्भावना रहेको सोच्न सक्छिन् र युवकलाई नो भन्न सक्छिन् । - युवतीलाई कुनै पनि बेला कुनै पुरूषसँग सुतेको छ याछैन् भनेर सोध्नु हुँदैन । यसले युवतीलाई आफू असुरक्षित भएको महशुस गराउँछ । - युवतीका साथीका बारेमा नराम्रो कुरा नगर्नु राम्रो हुन्छ । सकेसम्म कहिल्यै नदेखेको साथीका बारेमा टिप्पणी गर्नु अझ नराम्रो हुन सक्छ ।source:taja khabar

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

