
|
|
आज वि.सं. २०७२ पौष १६ गते बिहीबार तदनुसार ई. सं. २०१५ डिसेम्बर ३१ तारिख
पौष कृष्ण षष्ठी, पूर्वाफाल्गुनी नक्षत्र, सिंह राशिको चन्द्रमा, आयुष्मान् योग, विष्टि (भद्रा) करण
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । मित्रले प्रशंसा गर्नेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चन्द्रमा अशुभ घरमा छ, त्यसैले तर्कवितर्क, झैझगडा र विवादका विषयमा अघि नबढेको राम्रो हो । शुभ ग्रहको दृष्टि रहेकाले मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । भोजभतेर खानपिन जस्ता सामाजिक कार्यमा सहभागी हुनु पर्नेछ । दीघकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ, तर समय निकाल्न धौधौ हुनेछ । छरछिमेकी, कुटुम्ब वा नातागोताको काममा संलग्न हुनुपर्ने छ, तर सरसहयोग गरे पनि असन्तुष्टि बढ्न सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अप्रिय र मन नमानेको काम वा घटनामा सरिक हुनु पर्नेछ । व्यापारिक वा दैनिक कामहरूबाट सामान्यतया लाभ हुने संकेत नै छ, तर सोचेजस्तो नहुन सक्छ । खानपिनको समयमा फेरबदल हुनसक्छ । रामरमाइलो र मनोरञ्जनात्मक क्षेत्रमा समय निकाल्न सकिंदैन, सामाजिक र घरायसी काममा दौडधूप गर्नुपर्ने देखिन्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
खर्च बृद्धि हुने समय चल्दैछ । नकारात्मक र निराशाजनक भावनाले दुखित भइने छ । चिन्ता, शंका र छट्पटीले मानसिक तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पर्ने हुन्छ । नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन, निर्णय क्षमतामा कमी भएको अनुभूति हुनेछ, मनमा दोधारको अवस्था सिर्जना हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । काममा तल्लीनता दिन सकेमा सफल भइने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडासँगको सम्बन्धमा चिसोपन बढ्न सक्छ । पैतृक सम्पत्ति र अचल सम्पत्तिमा विवाद हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
संयमताका साथमा समय यापन गर्नु श्रेयस्कर हुनेछ, आजको दिन भाग्यमा रहेको चन्द्रमा कमजोर छ । अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खटिनु पर्नेछ, तर विवादबाट टाढा रहनु होला । साँझपख शुभ समाचार आउन सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज चोटपटकको भय हुनेछ । बिनापत्ताको आरोप व्यहोर्नु पर्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । नजिकैका मित्रले समेत तपाईंको भावनालाई बुझ्न सक्दैनन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

