Home » » भारतीय नेताहरुसँग कुरा भयो, नाकाबन्दी छिट्टै हट्छः प्रचण्ड

भारतीय नेताहरुसँग कुरा भयो, नाकाबन्दी छिट्टै हट्छः प्रचण्ड

२१ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भारतले लगाएको नाकाबन्दी छिट्टै हट्ने दाबी गरेका छन् ।
जनताको संविधान, जनताको माझमा भन्ने अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले भने-भर्खरै मात्र मेरो केही भारतीय नेताहरुसँग पनि कुरा भयो । नाकाबन्दी छिट्टै हट्छ ।’ आफ्नो अधिकार प्रयोग गर्दा नाकाबन्दी भोग्नुपर्ला भन्ने कहिल्यै नलागेको उनले बताए ।
तराई मधेसमा आन्दोलन भइरहेको भन्दै उनले जायज माग पूरा हुने र नाजायज मागको भण्डाफोर गर्ने बताए । उनले भने, नाकाबन्दी र देशलाई विखण्डन गर्ने भाव र प्रवृत्ति नेपालीले स्वीकार गर्न सक्दैन ।’
तराई मधेसका जायज मागलाई सम्बोधन गर्न आजैबाट संविधान संशोधन प्रक्रिया अघि बढाइने र सीमांकनसम्वन्धि राजनीतिक सहमतिबाट टुंग्याउने प्रयास भइरहेको उनले जानकारी दिएका छन् ।
उनले अहिले देशैभर पैदा भएको राष्ट्रिय जागरणलाई मजबुत पार्दै राष्ट्रिय एकतामा बदल्नु पर्नेमा जोड दिए ।
एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरुले भारत र चीनसँग मित्रवत सम्वन्ध चाहेको भन्दै अहिले देखिएको समस्या छिट्टै समाधान हुने बताए । उनले भने-हामीले मित्रहरुसँग कसैसँग दुस्मनी गर्न चाहेका छैनौं । भौगोलिक अवस्था लगायत धेरै कारणले मित्रता चाएका छौं । हाम्रो विकासमा सहयोगको अपेक्षा गरेका छौं ।’
नयाँ संविधान जनताको संविधान भएको भन्दै उनले मधेसका जनतालाई विगतको संविधानसँग तुलना गरेर हेर्न आग्रह गरे । समानुपातिक समावेशीका दृष्टिले नयाँ संविधान प्रगतिशील भएको भन्दै उनले दक्षिण एसियामा तुलना गर्न नसकिने र विश्वमै विरलै पाइने बताए ।
यद्यपि यो पूर्ण भने नभएको उनले बताए । जनता पक्षधरलाई पनि केही छुट्यो कि भन्ने परेको भन्दै उनले केही भने भ्रम रहेको बताए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}