Home » » हामी त भारतबाट ढुंगा हान्ने, भारतमै खाना खाने मान्छे भारतमा गएर सहयाेग माग्न के अप्ठेरो भो र ?

हामी त भारतबाट ढुंगा हान्ने, भारतमै खाना खाने मान्छे भारतमा गएर सहयाेग माग्न के अप्ठेरो भो र ?

काठमाडाैं-सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले केपी अोली नेतृत्वको सरकारलाई ‘काउण्टर’ गर्न भारतको दिल्ली जाने बताएका छन्। सरकारका प्रतिनिधि भारत गएर उल्टो–सुल्टो कुरा गरेर भ्रमित पार्ने काम गरेका भन्दै ‘कन्फ्युजन क्लियर’ गर्न भारत जानुपर्ने देखिएको उनले बताए।

‘सरकारका मान्छेहरू बारम्बार दिल्ली धाउन हुने, हामी जान नहुने?’ महताेले प्रश्न गरे ‘हामी त झन् दिल्लीकै मान्छे भन्दै प्रचार गरिएको छ, किन नजाने दिल्ली ?’ उनले मधेस अान्दोलनबारे भारतसँग निरन्तर छलफल र सम्पर्क कायम रहेको स्विकार्दै भारत भ्रमणमा जनु ठूलाे कुरा नरहेको बताए।

‘भोली घाइतेहरू भेट्न भारतको सीतामढी जादैछु,’ महतोले नागरिकन्युजसँग टेलिफोनमा भने ‘सीतामढी हुँदै दिल्ली पनि पुग्न सक्छु।’ उनले सरकारका तर्फबाट भ्रम दिने काम भएको भन्दै त्यो प्रष्ट्याउन दिल्ली जानुपर्ने बताए। अाइतबार मोर्चाका नेताहरू दिल्ली जानेबारे छलफल भएको बताएपनि उनले को को जाने र दिल्लीमा कोसँग भेट्ने भन्नेबारे खुलाएनन्। ‘सबैकुरा तय भएपछि थाह पाउनुहुन्छ, अहिले नै सबैकुराको जानकारी अाइसकेकाे छैन।’

मधेस अान्दोलनबारे सरकारले भ्रम छर्न खोजेकोले विश्व समुदायलाई यथार्थ बताउनुपर्ने महतोको भनाइ छ। ‘हामीले जेनेभा पनि प्रतिनिधि पठायाैं, हाम्रा कुरा राख्न विश्वका जुनसुकै देशमा हामी पुग्छाैं,’ महतोले भने ‘अावश्यक परे चीन पनि जान्छाैं।’

भारतको अाडमा अान्दोलन भएको प्रचारप्रति उनको टिप्पणी थियो ‘हामी त भारतबाट ढुंगा हान्ने, भारतमै खाना खाने मान्छे भारतमा गएर सहयाेग माग्न के अप्ठेरो भो र ?’

वार्ता नाटक हो, अान्दोलन चर्किन्छ – महतोले सरकार वार्ताको नाटक गर्दै बर्बर दमनमा उत्रिएको अारोप लगाए। वार्ता देखाएर भ्रम छर्ने र अान्दोलनमा दमन गर्ने सरकारको रवैयाले वार्ता सफल नहुने उनले बताए। ‘अाजको वार्तामा के हुन्छ ?’ प्रश्नमा महतोले भने ‘कहाँ छ वार्ता ? चिया खाने गफ पनि वार्ता हुन्छ ?’ उनले थपे ‘काठमाडाैंका मिडियाले चियाको कपमा तुफान ल्याउँछन्, निर्णायक वार्ता भन्या छ लेख्या छ, उनैले जानुन के हो निर्णायक वार्ता?’ महतोले अगाडी भने ‘सरकारले हाम्रो माग सुनेकै छैन, यो भन्दा कडा अन्दोलन हुन्छ, अान्दोलनको विकल्प छैन।’ उनले सरकार गम्भीर नभएका कारण तत्काल अान्दोलन नरोकिने र वार्ता नमिल्ने बताए। माग सम्बोधन भए मात्रै अान्दोलन रोकिने महतोको भनाइ छ। 
साभार डिसी नेपाल 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}