Home » » जंगली जनावरलाई दुध चुसाउने अनौठो आदिवासी समुदाय

जंगली जनावरलाई दुध चुसाउने अनौठो आदिवासी समुदाय

पूर्वी ब्राजिलस्थित अमेजन नदी किनाराको घना जंगलको निकै भित्र दुनियाको सबैभन्दा संकटापन्न आदिवासी समुदाय बस्दछ । इतिहासमा युरोपेली उपनिवेशवादीहरु तथा तस्करहरुको चपेटामा परेको यो आवा आदिवासी समुदाय लोप हुने संघारमा पुगेको छ । पाँच सय वर्षअघिसम्म हजारौँको संख्यामा रहेको यो आदिवासीको जनसंख्या अहिले जम्मा तीन सय मात्र छ ।

अस्तित्व मेटिने चरणमा पुगिसकेको भएपनि अझैपनि यो आदिवासी समुदाय आफ्नो प्यारो जंगल घरसँग पूरै मिलापमा बाँचिरहेको छ । भिडियो आवा आदिवासीहरु वन तथा वन्यजन्तुलाई निकै प्रेम गर्छन् । उनीहरुले घरमा धेरै किसिमका जंगली जनावरहरु पालेका हुन्छन् । अझ अनौठो त के भने जंगलबाट पाल्नका लागि ल्याएका त्यस्ता जंगली जनावरहरुलाई हुर्काउनका लागि महिलाहरुले आफ्नो दुध चुसाउँछन् । लोप हुने संघारमा पुगेको यो समुदायको संरक्षणका लागि ब्राजिलले ठूलो प्रयत्न गरेको छ ।
उनीहरुलाई सुरक्षित राखिएको छ र बाहिरी आधुनिक संसारबाट टाढै राखिएको छ । मानिसहरुलाई अवा आदिवासी बस्ने भित्री जंगलमा जान पनि कडाइ गरिएको छ । फोटोग्राफर डोमिनिको पग्लिसले भने उक्त आदिवासी समुदायसम्म पुगेर उनीहरुसँग पर्याप्त समय बिताउने मौका पाएका छन् । अनि उक्त आदिवासी समुदायका अनौठा जिवनशैलीलाई क्यामरामा कैद गरेका छन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}