Home » » तीन घन्टा वार्तापछि उपेन्द्रले भने-ठूलो उपलब्धी भनेको कुराकानी गर्दै जाने

तीन घन्टा वार्तापछि उपेन्द्रले भने-ठूलो उपलब्धी भनेको कुराकानी गर्दै जाने

पुस, काठमाडौं । नेपाली कांग्रेस, एमाओवादी र मधेसी मोर्चाबीच वार्ता भएको छ । कांग्रेस र मधेसी मोर्चाबीच भएको वार्तामा एमाओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी भएपछि त्रिपक्षीयमा परिणत भएको थियो ।
कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा भएको वार्तापछि नेताहरुले वार्ता सकारात्मक भनेपनि ठोस सहमति भइससकेको छैन ।

बैठकपछि मधेसी मोर्चाका नेता उपेन्द्र यादवले भने-तीन घन्टा वार्ता भयो । ठूलो उपलब्धी भनेको कुराकानी गर्दै जाने ।’
मधेस आन्दोलनले उठाएका मुद्दाहरु सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए । साथै सदनको अवरोध पनि कायमै रहने यादवको भनाइ छ ।
एमाओवादी अध्यक्ष प्रचण्डलेे भने सकारात्मक कुराकानी भएको र भोलि एमालेसहितको बैठक बस्ने बताए । कांग्रेस प्रवक्ता दिपेन्द्र बडूले पनि संविधान संशोधनबारे छलफल भएको र भोलि फेरि वार्ता हुने जानकारी दिए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}