
|
|
ओरिगेन (अमेरिका)— विश्वविद्यालयको पुस्तकालयमा पोर्न भिडियो बनाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्। अमेरिकाको ओरिगेन राज्यको ओरिगेन स्टेट विश्वविद्यालयकी छात्रा केन्द्रा सन्डरल्यान्डलाई प्रहरीले पक्राउ गरेको हो। १९ वर्षे ती युवतीले पुस्तकालयमा बसेर ३१ मिनेट लामो आफ्नै पोर्न भिडियो तयार पारेकी थिइन्।
उनले आफ्नो भिडियो पोर्न हबमा अपलोड गरेर निकै लोकप्रियता कमाएपछि विश्वविद्यालयले थाहा पाएको थियो। गत जनवरीमा पोर्न हबमा राखिएको भिडियोले अमेरिकामा निकै चर्चा पाएको थियो। २ लाख ६० हजारले सो भिडियो हेरेका थिए। विश्वविद्यालयको अनुरोधमा अहिले सो भिडियो वेबसाइटबाट हटाइएको छ।
ओरिगेन राज्यको प्रहरीले सन्टरल्यान्डलाई पक्राउ गरेपछि विश्वविद्यालयका विद्यार्थीहरुले मिश्रित प्रतिक्रिया देखाएका छन्। केही विद्यार्थी उनले विश्वविद्यालयको इज्जतमा धक्का पुर्याएको भन्दै उनको आलोचना गरेका छन्। अन्य केहीले भने प्रतिक्रिया दिएका छैनन्।
विद्यार्थीले पढ्न जाने पुस्तकालयमा कपडा खोलेर नाङ्गो भिडियो सुट गरिएला भन्ने कसैले नचिताएको विश्वविद्यालय प्रशासनले जनाएको छ। विद्यार्थीको भिडभाड हुने स्थानमा पोर्न भिडियो निर्माण गरिनुलाई आपत्तिजनक र दण्डनीय कार्य भएको जनाएको छ। विश्वविद्यालय प्रशासनले स्मार्टफोन, ट्याबबाट भिडियो निर्माण गरेको हुनसक्ने भन्दै पुस्तकालयमा त्यस्ता ग्याजेटमाथि प्रतिबन्ध लगाउने जनाएको छ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

