Home » » भारतको नाकाबन्दीले नेपालीलाई आत्मनिर्भर हुन झकझकाएको छ: प्रचण्ड

भारतको नाकाबन्दीले नेपालीलाई आत्मनिर्भर हुन झकझकाएको छ: प्रचण्ड

४ पुस, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारतको नाकाबन्दीले नेपालीलाई आत्मनिर्भर हुन झकझकाएको बताएका छन् ।

कृषि अनुुसन्धान परिषद् नार्कद्वारा आयोजित कृषि अनुसन्धान परिषद्को वर्तमान अवस्था र भावी कार्यदिशा विषयक अन्तरक्रियामा अध्यक्ष दाहालले नेपाल कृषि प्रधान देश भएपनि कृषि क्षेत्रमा पनि अहिलेसम्म परनिर्भर भएकाले अब खाद्यान्न, जडिबुटिलगायत कृषिसँग सम्बन्धित बस्तुको अभाव हुन नदिन आत्मनिर्भर हुनुपर्ने वर्तमानको आवश्यकता रहेको बताएका हुन् ।
वर्तमान अवस्था राजनीतिक विकृतिका कारण भएको भन्दै अध्यक्ष दाहालले सम्पूर्ण क्षेत्र राजनीतिक परिस्थितिले विगारेको दाबी गरे । उनले अन्य क्षेत्रजस्तै कृषि क्षेत्र पनि राजनीतिबाट प्रभावित भएकोले कृषि क्षेत्रले फड्को मार्न नसकेको बताए । उनले रुवान्डालगायत अन्य विकसित देशहरु कृषि क्षेत्रबाट नै विकसित भएकोले कृषिमा स्तरोन्नती नगर्दासम्म मुलुकले विकासको फड्को मार्न नसक्ने बताए ।
अध्यक्ष दाहालले नेपालको विश्व विद्यालयको शिक्षा र कृषि मन्त्रालयको काम कारवाही फितलो भएकाले नयाँ पीँढिका लागि कृषि सम्बन्धी कुनै किसिमको ज्ञान दिन नसकिएको भन्दै अबको लक्ष्य नै आर्थिक सम्बृद्धि भएकाले कृषिको व्यवसायीकरणबिना औद्योगिकरण गर्न नसकिने र औद्योगिक क्षेत्रमा विकास नभई आर्थिक सम्बृद्धि सम्भव नहुने बताए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}