Home » » थाहा पाइ राख्नुस् दोश्रो पटक तताउन नहुने खाने कुरा के के

थाहा पाइ राख्नुस् दोश्रो पटक तताउन नहुने खाने कुरा के के

दोश्रो पटक तताउन नहुने ५ खाना
सामान्यतः हामीले खानालाई दोश्रो पटक तताएर खाने गर्छौं । हरेक प्रकारको खानेकुरा तताएर खाने हाम्रो बानी हुन्छ ।
तर यस्तो बानी छ भने अव सावधान हुनुस् । अध्यनले कतिपय खाना दोश्रो पटक तताउनु घातक हुने देखाएको छ ।
तताउँदा यस्ता खाने कुरामा रहेको पोषक तत्व नष्ट हुने गर्छ । त्यस्तै दोश्रो पटक तताउँदा खानेकुरामा विषाक्ता बढ्ने समेत खतरा हुन्छ ।

थाहा पाइ राख्नुस् दोश्रो पटक तताउन नहुने खाने कुरा के के

१. भात
भातलाई दोश्रो पटक तताउँदा विषाक्त हुन सक्छ । यसबाट फुड पोइजनिङको खतरा हुन्छ ।

२. आलुको परिकार
आलुको परिकार पनि दोश्रो पटक तताउँदा विषाक्त हुन सक्छ । आलु पकाउने सबैभन्दा राम्रो तरिका उमाल्नु हो ।

३. पालक
पालकको साग पनि एक पटक पकाइसकेपछि पुन तताउनु हुँदैन । यसलाई तताउँदा यसमा क्यान्सर बनाउने तत्व पैदा हुन्छ ।

४. कुखुराको मासु
कुखुराको मासु प्रोटिनयुक्त खाना हो । यसलाई दोश्रो पटक तताउँदा पाचन सम्बन्धि समस्या आउन सक्छ । रहेको कुखुराको मासुलाई सलाद वा अन्य कुरासँग मिसाएर नतताइ खाने गर्नुस् ।

५. मशरुम
च्याउ पनि तताए खान नहुने खानेकुरमा पर्छ । दोश्रो पटक तताउँदा च्याउमा रहेको प्रोटिन नष्ट हुन्छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}