
|
|
बागलुङ—संविधान जारी भए पछि तराइमा आन्दोलन जारी रहँदा नयाँ संविधानको समिक्षा सहित समुदायबीच बढ्दो दुरी घटाई एकता कायम गर्न भन्दै नेपाली कांग्रेसले अभियान सुरु गरेको छ । नेपाली कांग्रेसका उप—सभापति रामचन्द्र पौडेलले आज बागलुङबाट ‘कस्तो बन्यो संविधान एकताको अभियान’को सुरुवात भएको बताए । सो अभियान धौलागिरीको बागलुङ, म्याग्दी, पर्वत, कास्की हुँदै देशव्यापी बनाउने बताए ।
बागलुङ उद्योग बाणिज्य संघको ५२ साधारण सभा तथा १६ औँ अधिवेशनको सोमबार बागलुङमा उद्घाटन गर्दै पौडेलले जनतालाई संविधानको बारेमा सूसुचित गर्नको लागि सरकारको तर्फबाट र आफ्नो पार्टीको तर्फबाट अभियान सुरु गरेको बताए । ‘सरकाले जनताको संविधान जनताको अभियान सुरु गरेको छ,’ पौडेलले भने, ‘कांग्रेसले धौलागिरीबाटनै ‘कस्तो बन्यो संविधान एकताको अभियान’ सुरु गरेको छ । यो अभियानलाई देशव्यापी बनाउने उनले बताए ।यो संविधानले समानाता र स्वतन्त्रता कायम गर्न बनेको संविधानले सबै नागरिकलाई अधिकार सम्पन्न बनाएको बताए । ‘संविधानले सबै वर्गलाई समेटेको छ,’ पौडेलले भने, ‘तर, गलत बुझाइले तराइमा आन्दोलन भैरहेको छ ।’
संविधानले सबै वर्गलाई समेटेको भएको पनि गलत अपवाह फैलाएकोले समस्या सृजना भएको उनले बताए । लोकतान्त्रिक समाजबादलाई यो संविधानले साकार पार्ने पौडेलले टिप्पणी गरे ।
उनले केही बौद्धिक जमातको कारण पनि असहज अवस्था पैदा भएको टिप्पणी गरे । ‘संविधानको बिरोध गर्नेहरले देशलाई अलमलमा पारेका छन्,’ उनले भने, ‘धेरै द्वन्द्व गरेर मुलुकलाई फाइदा छैन मिलेर अघि बढ्नुको विकल्प छैन ।’ जातीय राज्यको उठान गरेको मिलेर बसेको समाज विभाजित भइ देशमा असहज अवस्था सृजना भएको बताए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

