Home » » मधेसी मार्चाका नेतालाई भारतले भन्यो - अव तिमिहरुलाई बोकेर हिड्न सक्दैनौं

मधेसी मार्चाका नेतालाई भारतले भन्यो - अव तिमिहरुलाई बोकेर हिड्न सक्दैनौं

चार महिनादेखिको आन्दोलनले जनजीवन कष्टकर भएको भन्दै सहमति खोज्न भारतीय राजदूत रणजीत रायले मधेसी मोर्चाका नेतालाई आग्रह गरेका छन्। सोमबार भारतीय दूतावासमा मोर्चाका नेतालाई बोलाएर राजदूतले सहमति गरेर अगाडि बढ्न मोर्चा नेतालाई आग्रह गरेको स्रोतले बतायो। मोर्चा नेता र राजदूतबीच भेटघाट भएको दूतावासकी प्रवक्ता रुबी जस्प्रीत शर्माले पुष्टि गरिन्। ुके विषयमा उहाँहरुबीच कुराकानी भएको हो त्यो चाहिँ मलाई थाहा छैनु, उनले भनिन्।

मोर्चाका नेताहरुलाई राजदूत रायले सहमतिबाट अगाडि बढ्न भन्दै ुमोर्चालाई धेरै बोकेर हिँड्न नसक्नेु चेतावनी दिएको स्रोतले जनायो। राजदूत रायले आन्दोलन लम्बिदै जाँदा जनतामा नैराश्यता पैदा भएको र त्यसले आन्दोलनरत पक्ष, नेपाल र भारत कसैको हित नगर्ने भन्दै छिटो सहमति खोज्न आग्रह गरेका थिए।ुसहमतिबाटै अगाडि बढ्नुपर्छ भन्ने त सबैको सुझाव हो,ु राजदूतसँगको भेटमा सहभागी मोर्चाका नेता महेन्द्र रायले नागरिकन्यूजसँग भने,ुमोर्चाको चाहना पनि छिटै सहमति होस् भन्ने हो।ु त्यसका लागि सरकारले मोर्चाका माग पूरा गर्नुपर्ने उनले जनाए।

स्रोतका अनुसार मोर्चाका नेताहरुसँगको भेटमा राजदूत रायले लामोसमयसम्म मोर्चालाई साथ दिन नसक्ने चेतावनी दिएका थिए। ुतराइ मधेसका ६० प्रतिशत भन्दा बढी जनप्रतिनिधिले संविधानमा हस्ताक्षर गरेका छन्,ु राजदूतको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ुहामीले मोर्चालाई मात्र बोकेर हिँडन मिल्दैन। तपाइँहरु सरकारसँग सहमति गर्नुहोस। आइतबार रातिको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रदेश सिमाङ्कन समाधान गर्न राजनीतिक संयन्त्र गठन गर्ने नयाँ प्रस्ताव अघि सारेको सन्दर्भमा राजदूत रायले मोर्चालाई सरकारसँग सहमति गर्न आग्रह गरेको स्रोतले बतायो।

भारतीय राजदूतले मोर्चा नेता समक्ष सरकारले मोर्चाका माग निश्चित समयसीमा तोकेर पूरागर्ने प्रतिबद्धता जनाउने र त्यसलाई मोर्चाले स्वागत गर्ने मध्यममार्गी प्रस्ताव राखेका थिए। राजदूत रायको प्रस्तावसँग मोर्चा नेताहरु विश्वस्त हुन नसकेपछि आन्तरिक छलफल गर्न भनी निस्किएका थिए। मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र राय यादव र लक्ष्मणलाल कर्ण सोमबार दूतावास पुगेर राजदूत राय का थिए।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}