Home » » चीनले थप १६ करोडको इन्धन अनुदानमा दिने

चीनले थप १६ करोडको इन्धन अनुदानमा दिने

काठमाडौं, पुस १५ । चीनले १० मिलियन चिनियाँ युआन (१६ करोड रुपैयाँ) बराबरको इन्धन अनुदान सहायतास्वरूप नेपाललाई चाँडै उपलब्ध गराउने भएको छ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणका क्रममा भएको द्विपक्षीय भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले तत्कालीन इन्धन संकट हल गर्न नेपाललाई थप इन्धन अनुदानस्वरूप उपलब्ध गराउने सहमति जनाएका हुन्।नेपाल सरकारले चीनलाई उक्त परिमाणको इन्धन उपलब्ध गराइदिन केही दिनमा औपचारिक प्रस्ताव पठाउने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए।

‘नेपालले प्रस्ताव गरेलगत्तै केरुङ नाका हुँदै उक्त परिमाणको इन्धन काठमाडौं आइपुग्नेछ,’ ती अधिकारीले भने।चीनको ६ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्केका परराष्ट्रमन्त्री थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार पत्रकारसँग भने, ‘चीनले विगतमा दिएकै परिमाणबराबरको इन्धन नेपाललाई तत्कालीन प्रयोजनका लागि अनुदानस्वरूप उपलब्ध गराउने सहमति भएको छ।’
भारतको नाकाबन्दीका बीच चीनले नेपाललाई १३ लाख लिटर इन्धन अनुदानस्वरूप उपलब्ध गराएको थियो।परराष्ट्रमन्त्री थापाले चीनसँग दीर्घकालीन इन्धन व्यापार सम्झौताका विषयमा विस्तृत छलफल भएको बताए। ‘चीनसँग दीर्घकालीन रूपमा इन्धन व्यापारका निमित्त कर, यातायात, मूल्य आदिका विषयमा दुई देशका सम्बन्धित निकायले आपसमा छलफल गरेर तय गर्ने समझदारी भएको छ,’ उनले भने।
भ्रमणका क्रममा दुई देशबीच ‘कनेक्टिभिटी’ र पूर्वाधार विकासका बारेमा पनि विस्तृत छलफल भएको उनले बताए। ‘सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेको दुई देशबीचमा आर्थिक सम्बन्धको दीर्घकालीन रूपरेखा अर्थात् फ्रेमवर्क तयार गर्नु नै रह्यो,’ थापाले भने।
दुई देशको आर्थिक सम्बन्ध थप सुदृढ तुल्याउने क्रममा यसपटकको भ्रमणमा चीन र नेपालबीचमा खुला र स्वतन्त्र व्यापार अभिवृद्धि, पारवहन सन्धि, लगानी अभिवृद्धिका विषयमा विस्तृत छलफल गरी अघि बढाउने सहमति भएको थापाले बताए। नेपाल र चीनबीचमा रहेका नौवटा नाकालाई क्रमैसँग प्राथमिकताका आधारमा क्रियाशील तुल्याउँदै जाने समझदारी पनि दुई देशबीच भएको छ।
आजको अन्नपूर्ण पोस्टबाट साभार

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}