
|
|
प्रधानमन्त्री केपी शर्मा ओलीले हालको मुलुकको समस्यालाई एकातर्फ पन्छाएर आफ्नो राजीनामा माग्नु मुर्खहरुको कर्म भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रम ओलीले मुलुकको संकटमा आँखा चिम्लिएर आफूमाथि अविश्वास गर्दै राजिनामा माग्नुका पछाडी कुनै तुक नभएको समेत ओलीको तर्क छ ।
देश कालोबजारीबाट चुर्लुम्म डुबेका बेला, नाकाबन्दी र तराई मधेस लामो समयदेखि बन्द जस्ता समस्याको निकास खोज्नुको पछाडी राजीनामा माग्नु असान्र्दभिक भएको उनले बताए । प्रम ओलीले राजिनामा समस्याको समाधान नभएको समेत जिकिर गरे ।
संविधान जारी गर्दाको सहयात्री कांग्रेस प्रतिपक्षमा पुगेपछि बाउँठिए र सहमतिमा नआउने गरेको भन्दै कांग्रेसले परिपक्वता र फराकिलोपन देखाउन नसकेको आरोप लगाए ।प्रधानमन्त्री ओलीको राजीनामा मधेसी मोर्चाका नेताले केही समयदेखि उठाउँदै आएका छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

