Home » » अन्नपूर्ण पोस्ट्बाट - प्रचण्डले बैठकमै भने प्रधानमन्त्री केपी ओली जी सुतेर बसे

अन्नपूर्ण पोस्ट्बाट - प्रचण्डले बैठकमै भने प्रधानमन्त्री केपी ओली जी सुतेर बसे

मंसिर - एमाओवादीले सरकारका काम कार्वाहीप्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुका कार्यशैलीले मुलुक नै अकर्मण्यतामा अलमलिएको बिश्लेषणसमेत गरेको छ। सरकार गठन भएको दुई महिना भित्रै सत्ता साझेदार दलबाट यस्तो बिश्लेषण आएको हो।
’प्रधानमन्त्री केपी ओलीजी सुतेर बस्नु भएको छ। उहाँको शिथिलताले मुलुक नै सुतेको जस्तो भएको छ। अन्यौल र अकमण्यतामा अलमलिएको छ,’ अध्यक्ष दाहालले बैठकमा भनेका थिए। उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने ‘समग्र सरकार र हाम्रो पार्टीले सम्हालेका मन्त्रालयका बारेमा समीक्षा भयो।
सरकारका काम कार्वाहीबाट सन्तुष्ट हुन सकिन्न भन्ने निष्कर्षमा हामी पुगेका छौ। आलोचनात्मक समीक्षा हुने क्रममा छलफल अझै पनि जारी छ।’

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}