Home » » भारी र गौतमको झिनो मत अन्तर, जित्ने निस्चित भएका सदस्यहरुको सूची सहित

भारी र गौतमको झिनो मत अन्तर, जित्ने निस्चित भएका सदस्यहरुको सूची सहित

बागलुङ—उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि मतदान सम्पन्न भएर मत गणना सुरु भएको छ । शनिवार सम्पन्न मतदानमा ९ सय ६३ जनाले मतदान गरेका छन् । एक हजार ३१ जना मतदाता रहेकोमा ६८ मत खसेनन् । अध्यक्षमा प्रत्यासी जयराम भारीले झिनो मत अन्तरले अग्रता लिएका छन् । आइतबार बिहानसम्मको मत परिणाम अनुसार जयराम भारीले २ सय ६२मत र अर्का प्रत्यासी धु्रवराज गौतमले २ सय ४१ मत प्राप्त गरेका छन् । २१ मत अन्तरले भारीले अग्रता लिएका छन् । अध्यक्षमा भारी र गौतमबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

५ सय १९ मत गणना भएका छन् भने अझ४सय ४४ मत गणना गर्न बाँकी रहेको निर्वाचन समितिका संयोजक राजु गौतमले जानकारी दिए । अन्तिम मत गणना आइतबार साँझसम्म आइपुग्नेछ ।
उद्योगतर्फको सदस्य पदमा हेमबहादुर खत्री २ सय ९४, प्रकाश आचार्यले २ सय ७३ मत प्राप्त गरेका छन् । त्यसै गरी राजन कुमार शाक्यले २ सय ३६ र निलेश राजभण्डारीले १ सय ८७ मत प्राप्त गरेका छन् । दुई उद्योग सदस्यमा खत्री र आचार्य निकै बलियो देखिएका छन् । यी दुवै गौतम प्यानलका हुन् ।
महिला सदस्य पदमा सम्झना कँडेलले २ सय ७३, लक्ष्मी शाक्यले २ सय १५, अर्चना पालिखेले २ सय १२ मत लिएर अग्र स्थानमा छन् । त्यसै गरी मनमाया श्रेष्ठले १ सय ९२ र स्वतन्त्र तारा कुमारी रिजालले ९६ मत प्राप्त गरेकी छिन् । सदस्यमा कँडेलको जित करिब निस्चित देखिएको छ ।
खुल्ला १४ सदस्यमा उमाकान्त शर्मा बाबुले २ सय ९९, उमेश के.सी २ सय ८५, दीपक हमाल २ सय ८५ , राज कुमार श्रेष्ठ २ सय ८२, कमल श्रेष्ठ २ सय ७५, अर्जुन चोखाल २ सय ५९, दयाराम पौडेल २ सय ५८, शशि कपुर श्रेष्ठ २ सय ५०, शिव प्रसाद कँडेल २ सय ४९, नरेश कँडेल २ सय ४६, पूर्ण बहादुर के.सी.२सय४२, संजय कुमार श्रेष्ठ २सय२७, विदेश कुमार श्रेष्ठ २ सय २२, अर्जुन घिमिरेले २ सय २४, बद्रि ढुंगाना २ सय १३, दुर्गा कँवर २सय ११, नविन कुमार श्रेष्ठ २ सय २ ,स्वतन्त्र उम्मेदवार रामराज गुरुङ २सय१ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् । यी मध्ये अन्तिमतर्फ प्रतिस्पर्धा देखिए पनि अग्रस्थानमा रहेका अधिकांशको जित सुनिस्चित देखिएको छ ।
अन्य सदस्यहरुमा छविलाल सुवेदीले १ सय ५४,विजय शर्मा १सय ४०, नारायण पौडेल १ सय ४८, गणेश लम्साल १ सय ७४, प्रचण्ड राजभण्डारी १ सय ३६, ओम प्रकाश गौतम १ सय ३४,हरिप्रसाद सापकोटा १ सय ३५, भोजराज रेग्मी १ सय ८९, केशर बहादुर थापा १सय ६२, भवनराज बराल १सय ५७, करिमदिन मियाँ १सय ९७, थानेश्वर सुवेदी १सय ८४मत प्राप्त गरेका छन् । त्यसै गरी स्वतन्त्र उम्मेदवार रामराज गुरुङले २सय १, सुधिर श्रेष्ठले १सय ७७, सन्दिप खड्काले १सय १८, भुपेन्द्र खड्काले १ सय ८ र राजु कँडेलले ८१ मत प्राप्त गरेका छन् ।
एक अध्यक्ष, दुई उद्योग सदस्य, दुई महिला सदस्य र १४ खुल्ला सदस्यका लागि निर्वाचन हुने निर्वाचनमा ४५ जना चुनावी मैदानमा थिए । गौतम र भारी प्यानलका १९÷१९ जना तथा स्वतन्त्रका सात जना उम्मेदवार छन् । गौतम र भारी दुवै नेपाली कांग्रेस निकटका व्यवसायी भए पनि दुवैले छुट्टा प्यानल बनाएरका छन् । अध्यक्षका प्रत्यासी गौतमले नेकपा एमाले र राष्ट्रिय जनमोर्चा निकटका व्यवसायीको साथ लिएका छन् भने भारीले एकीकृत नेकपा माओवादी निकटका व्यवसायीलाई साथमा लिएर चुनाबमा उत्रिएका थिए । निर्वाचनमा भने दुवै प्यानलको मिश्रित परिणाम आउने देखिएको छ ।
Source: Nawasandesh

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}