Home » » यी हुन् आफ्नै आमाबुवाको हत्या गर्ने युवती, किन गरिन हत्या ?

यी हुन् आफ्नै आमाबुवाको हत्या गर्ने युवती, किन गरिन हत्या ?

एजेन्सी । अमेरिकाको ब्रुकलिनमा एक १५ वर्षीय युवतीले आफ्नै आमाबुवाको हत्या गरेकी छिन् ।
हत्याको आरोपमा प्रहरीले उनलाई गिरफ्तार गरेको छ । प्रहरीका अनुसार ब्रुकलिन निवासी रोसा सांचेज र एंडरसन नन्जको हत्यापछि उनकी नाबालिका छोरी डेस्टिनी गार्सियाले आत्मसमर्पण गरेकी थिईन् ।
तर, हत्याको कारण भने उनले बारम्बार बयानमा फेरिरहेकी छिन् । जसका कारण हत्याको खास कारण खुल्न सकेको छैन् । उनले आफ्ना काका का छोरालाई दिएको वयानमा उनका सौतेला बुवा उनको यौन शोषण गर्थे । जसका कारण उनले आमाबुवा दुबैको हत्या गरिन् ।

मृतक आमाबुवा
डेलीमेलका अनुसार प्रहरीलाई दिएको बयानमा आरोपी किशोरीले भनेकी छिन्- मेरी आमा मलाई खराब व्यवहार गर्थिन्, मलाई शारीरिक यातना दिन्थिन् । यो सबै घटना देख्दा पनि मेरा सौतेला बुवा हेरिरहन्थे, मलाई बचाउथेनन् । त्यसकारण मैले दुबै जनालाई एकै चिहान बनाए ।
यद्यपी घटनाबारे जानकारी पाएपछि प्रहरीले एक हप्तापछि अपार्टमेन्टबाट मृतकको सडेको शव बरामद गरेको थियो । यो घटनालाई सेकण्ड डिग्री मर्डर जस्तै मानिएको छ । जसका कारण अदालतले नाबालिका युवतीलाई बालिका श्रेणीमा राखेर मुद्दा अगाडि बढाएको छ । अब उनलाई सुधार गृह पठाउने आदेश अदालतले दिनेछ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}