
|
|
एजेन्सी । अश्लीलताको अभियोगमा विपक्षी दलका एक सांसदलाई बर्खास्त गरिएको छ । ब्रिटेनका सांसद सिमान डेंकजुकलाई उनको पार्टीले अश्लीलता गरेको भन्दै बर्खास्त गरेको हो । लेबर पार्टीले सांसद सिमानमाथि १८ वर्षीय युवतीसँग अश्लीलतापूर्ण चैटिंग गरेको र अश्लील हर्कत गरेको अभियोग लगाएको छ । लेबर पार्टी ब्रिटेनको प्रमुख विपक्षी दल हो । लण्डनको मेट्रो पत्रिकामा प्रकाशित समाचार अनुसार, सांसदले किशोरीलाई अश्लील म्यासेज पठाएका थिए र उनलाई उत्तेजित पारेका थिए ।
सांसद सिमान तबदेखि किशोरीलाई यस्ता अश्लील म्यासेज पठाइरहेका थिए जब उनकी श्रीमतीले छाडेकी थिईन् अर्थात सम्बन्ध विच्छेद गरेकी थिईन् । अभियुक्त सांसद जून युवतीसँग सेक्सटिंग गरेको आरोपमा बर्खास्त भए ती युवती उनको अफिसमा जागिर खोज्दै आएकी थिईन् । युवतीले जब सांसदलाई फोन गरेर जागिर मागिन तब सांसदले उनीसँग लगातार कुराकानी गर्न थाले र फेरी उनलाई जागिरको प्रलोभन दिएर अश्लील म्यासेज पठाउन थाले । समाचार अनुसार अभियुक्त सांसद बालबालिकाहरुको यौन शोषणविरुद्ध अभियान चलाउँदै आएका थिए । जबकी उनी आफैले युवतीको यौनशोषणको प्रयास गरे । यसअघि भारतमा संसदमा पोर्न फिल्म हेर्दाहेर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस आईका एक सांसदलाई प्रहरीले पक्राउ गरेको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

